बैंककमा नेपाली प्रतिभाको भिडन्त

0
Shares

बालकलाकार प्रसुनजंग पोखरेल थाइल्यान्डमा हुने अन्तर्राष्टि्य प्रतियोगितामा प्रतिस्पर्धा गर्न त्यसतर्फ लागेका छन्। ब्राइट फ्युचर सेकेन्डरी स्कुल, नैकापको कक्षा ९ मा अध्ययनरत प्रसुनसँगै जेसिका ठकुरी र लसता महर्जन बैंककमा हुने टिन स्टार इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्दै त्यसतर्फ लागेका हुन्।

परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गर्दै आएको नृत्य, गायन तथा अभिनयको प्रतिस्पर्धात्मक कार्यक्रम डीएसए स्टार (डान्स, सिंगिङ एन्ड एक्टिध्र स्टार) २०१९ र ट्यालेन्ट स्टार–२०२० को विजेता उनीहरूसो प्रतियोगितामा प्रतिस्पर्धा गर्न त्यहाँ गएका हुन्।

५५ देशका ११ देखि १९ वर्ष उमेर समूहका प्रतिस्पर्धीमाझ प्रसुनजंग पोखरेल र जेसिका ठकुरीले प्रि-टिन (११-१४) वर्ष समूह र लसता महर्जनले टिन (१५-१९) समूहबीच प्रतिस्पर्धा गर्नेछन्। प्रसुन र लसता डीएसए स्टार–२०१९ का विजेता हुन् भने जेसिका ट्यालेन्ट स्टार–२०२० को विजेता हुन्।
प्रतियोगीको अन्तिम स्पर्धा आगामी २१ गते हुने परिवर्तन इभेन्ट हाउस प्रालिका डिरेक्ट राज बाराइलीले जानकारी गराए।