अमृतको गीतमा मार्मिक भिडियो

0
Shares

गायक अमृत आचार्य माइला गुरुको स्वरमा नयाँ मार्मिक लोकगीत भेट जहाँ छौ भिडियोसहित सार्वजनिक भएको छ। रामचन्द्र भण्डारी युट्युब च्यानलमार्फत हालै सार्वजनिक गीतमा सुफिक्स मदनको संगीत र अशोकुमार सापकोटाको शब्द रहेको छ।

गीतमाथि मार्मिक भिडियो बनेको छ। जसमा परिवारका श्रीमान् शारीरिक रूपमा अशक्त भएपछि श्रीमान् र छोरालाई छोडी धन कमाउन श्रीमती बिदेसिएकी हुन्छिन्। शारीरिकरूपमा अशक्तता भएका श्रीमान्को भूमिकामा गायक आचार्य स्वयं तथा श्रीमतीको भूमिकामा सञ्चारकर्मी, गायिका तथा मोडल शोभा त्रिपाठीले पात्र सुहाउँदो अभिनय गरेका छन्।

भिडियोमा आयश आचार्य, नीलकण्ठ आचार्यलगायतले पनि अभिनय गरेका छन्। साजन पराजुलीद्वारा निर्देशित भिडियोमा मरुभूमि नारायणको छायांकन र रोशन धितालको सम्पादन रहेको छ। गीत आरबी इन्टरटेन्मेन्टले उत्पादन तथा वितरण गरेको हो।