मेयर साम्पाङले गाए हाइकिङ गीत

0
Shares

धरानमा हाइकिङ जाने प्रचलन वृद्धि गर्न सेवक अभियानले त्यससँग सम्बन्धित हाइकिङ गीत सार्वजनिक गरेको छ।

हालै, धरान उपमहा नगरपालिकाको कार्यपालिका बैठक कक्षमा मेयर हर्कराज राई (साम्पाङ), उपमेयर अइन्द्रविक्रम बेघा र गीतकार तथा सेवक अभियानका अध्यक्ष हलवाईले संयुक्त रूपमा उक्त गीतको अडियो विमोचन गरे भने मेयर राईले सो गीतको लिरिकल भिडियोसमेत सार्वजनिक गरे।

उक्त गीतमा गायक-गायिका राजेशपायल राई, शिव लामिछाने, डिल्ली फम्बो मेलिना राई, प्राश्ना शाक्य, रमना श्रेष्ठ, पम्फा चहारसँगै मेयर हर्क साम्पाङको समेत स्वर रहेको छ। गीतमा संगीत मनोज मोतेको रहेको छ। गीत सिल्भर इन्टरटेन्टमेन्टको सहकार्यमा सेवक अभियानले गीत निर्माण गरेको हो।