गीतमा छम्म छम्म नाचौं न

0
Shares

सञ्चारकर्मी गीता अधिकारीको शब्द, शान्तिश्री परियार र सारिका घिमिरेको स्वर तथा योगेशकाजीको संगीत र एरेन्जमेन्टमा छम्म छम्म नाचौँ न बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ।

नारायण रिजालको निर्देशन रहेको तीज गीतको भिडियो शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता तथा संगीतकार राजु सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठ, साहित्यकार शैलेन्द्र चापागाईं, सञ्चारकर्मी सानुकाजी श्रेष्ठ, तुलसी गिरी भावुकु लगायतले तीजको मौलिक गीत बनेकोमा गीत र भिडियोसँग सम्बन्धित सबैलाई बधाई तथा शुभकामना दिएका थिए। ञतीज गीतमा पछिल्लो समय मौलिकता हराउँदै गएको हो कि जस्तो लाग्छ। तर, यस्ता गीतले यसको मौलिकता बचाइराख्दछन् प्रमुख अतिथि गायिका राणाले भनिन्।

सात दिदीबहिनीको कथा बुनिएको गीतको भिडियोमा रोशन बुढाथोकीको कोरियोग्राफी रहेको छ भने रश्मी भट्ट , सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, आरती थापा मगर, सुस्मिता पौडेल, सपना रिमाल, माया थापालगायत कलाकारको अभिनय र नृत्य रहेको छ। ६० जनाभन्दा बढी कोरस प्रयोग गरिएको गीतको भिडियो आकर्षक बनेको छ। राहुल राईको छायांकन र विष्णु शर्माको सम्पादन रहेको भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।