बिल बिनाको १३५ बोरा रासायनिक मल बरामद

0
Shares

काठमाडौं ।

चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट प्रहरीले बल बिनाको १ सय ३५ बोरा रासायनिक मल बरामद गरेको छ । ना. ६ ख ५४८८ नम्बरको ट्रकबाट बिल बिनाको उक्त रासायनिक मल बरामद गरिएको प्रहरीले जनाएको छ ।

ट्रकका चालक मकवानपुर मनोहरी गाउँपालिका–९ बस्ने २३ वर्षीय स्वदेश उप्रेतीलाई बुधबार पक्राउ गरिएको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त ट्रकलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बिल बिनाको उक्त रसायनिक मल फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई बरामद मल र ट्रक सहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।