स्रष्टा सम्मानसँगै लोक नृत्यको प्रस्तुति

0
Shares

देशदेखि विदेशसम्म मौलिक नेपाली नृत्यको प्रवद्र्धन र प्रदर्शन गर्दै आएको नेपाल लोक सांस्कृतिक प्रतिष्ठानले १५औँ वार्षिकोत्सवको अवसरमा बुधबार राजधानीमा स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०७९ भव्यतापूर्वक सम्पन्न गरेको छ।
सो अवसरमा प्रत्यक्षरूपमा विभिन्न क्षेत्रका लोकनृत्य प्रस्तुत गरिनुका साथै विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको छ।

प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपालकै प्रथम नृत्य निर्देशक तथा नृत्य साधक भैरव बहादुर थापालाई नगदसहित दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको छ। त्यसैगरी नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीलाई दीर्घ रंग पत्रकारिता सम्मान र संवाददाता रश्मी थापालाई कदरपत्रबाट सम्मान गरिएको छ भने कुवेर गिरीलाई रंग पत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ।

त्यस्तै, सहनाईवादक तथा पञ्चेबाजाका अग्रज आइतबहादुर परियार लोक संस्कृति सम्मानबाट सम्मानित भएका छन्। कार्यक्रममा आ-आफ्नो क्षेत्रमा योगदान पु-याएका व्यक्तित्वलाई प्रमुख अतिथि झाले सम्मान गरेका हुन्। प्रतिष्ठानका अध्यक्ष जोगेन्द्र केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा समारोहमा प्रतिष्ठानका सल्लाहकार तथा संगीतकार सुरेश अधिकारी, कलाकार उत्तम शर्मा, प्रतिष्ठानका संस्थापक अध्यक्ष, गायक तथा संगीतकार शिवराज पौडेल, संस्थापक महासचिव तथा नृत्य निर्देशक दिनेशकुमार लामा, नृत्य निर्देशक शम्भु शाही र नृत्यागंना तथा कलाकार पूर्णिमा श्रेष्ठलाई संस्थागत सम्मान प्रदान गरिएको थियो भने इभेन्ट निर्देशक निशुकान्त झा, कलाकार कृष्ण रसाल र गायक शिशिर योगीलाई सम्मानपत्र प्रदान गरिएको थियो। त्यस्तै, वर्माकी नेपाली भाषी गायिका डिना चौलागाईं, वाद्यवादक न्हुच्छे राजा मुनिमरलगायतलाई कदरपत्रबाट सम्मान गरिएको थियो।

देशका विभिन्न जातीका लोक बाजा तथा नृत्यको झाँकीबाट आरम्भ गरिएको समारोहमा प्रतिष्ठानका महासचिव नृपध्वज खत्रीले मेचीदेखि महाकालीसम्म विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएको बताए। पूर्वउपराष्ट्रपति झाले नेपाल लोक सांस्कृतिक प्रतिष्ठानले डेढ दशकदेखि नेपाली कला संस्कृतिको उत्थान गर्दै आएको चर्चा गर्दै आफूलाई मन पर्ने नेपाली लोक नृत्य प्रत्यक्षरूपमा हेर्न पाएकोमा खुसी व्यक्त गरे। मभन्दा पनि जेठो वयोवृद्ध तथा नेपाली नृत्य निर्देशक भैरवबहादुर थापालाई गरेको सम्मान तथा आ-आफ्नो क्षेत्रमा दक्षता हासिल गरेका व्यक्तिलाई गरेको सम्मान निकै सह्रानीय छ।

प्रतिष्ठानले नेपालबाहिर पनि लोक संस्कृति चिनाउन अझै कल्याणकारी काम गरिरहोस् झाले भने। प्रतिष्ठानका अध्यक्ष जोगेन्द्र केसीले प्रतिष्ठानमार्फत नेपाली लोक कला तथा सस्कृतीलाई विश्वमाझ चिनाउन पाइरहेकोमा खुसी व्यक्त गर्दै मौलिक लोक संस्कृतिको क्षेत्रमा आगामी दिनमा विभिन्न कार्यक्रम गर्ने जनाए।

कार्यक्रममा गायक शिशिर योगी, कृष्ण रेउले, सुनीता परियारलगायतले गीत प्रस्तुत गरेका थिए भने विभिन्न कलाकारले प्रत्यक्षरूपमा वाद्यवादनसहित भैरवकाली, हुड्केली, लाखे, कौडा, चण्डीलगायतका विभिन्न लोक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा क्यान्सरसँग जुधिरहेका सहनाईवादक तथा पञ्चेबाजाका अग्रज आइतबहादुर परियारलाई आयोजक संस्थाका तर्पmबाट गरिएको आर्थिक सहयोगमा नृत्य निर्देशक शम्भु शाहीलगायतले थप सहयोग गरेका थिए।