एकै दिन ७१० जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

0
Shares

काठमाडौं  ।

पाछिल्लो २४ घण्टामा नेपालमा ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २५ जनामा गरिएको नमुना परीक्षणका क्रममा सात सय १० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २५ सय ४१ जनाको पीसीआर र २४ सय ८४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । यस्तै, पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । उनीहरूको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिले ४२ सय ३६ जना संक्रिय कोरोना संक्रमित रहेका छन् । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ९ सय ६२ जनाको मृत्यु भइसकेको छ । यस्तै, २ सय १५ जना पछिल्लो एक दिनमा संक्रमणमुक्त भएका छन् ।