ब्राईट फ्युचरका प्रसुन बैंककको गायन स्पर्धामा भिड्दै

0
Shares

देशमा सम्पन्न गायन प्रतियोगितामा विजयी भई थाइल्यान्डको प्रतियोगितामा स्पर्धा गर्न जान लागेका बाल गायक प्रसुनजंग पोखरेललाई उनी अध्ययनरत ब्राइटफ्युचर सेकेन्डरी स्कुलले सफलताको कामनासहित बिदाइ गरेको छ।

ब्राइट फ्युचर सेकेन्डरी स्कुल नैकापले विद्यालयमा मंगलबार एक कार्यक्रम आयोजना गरी पोखरेललाई बिदाइ गरेको हो। कक्षा ९ मा अध्ययनरत पोखरेलले आगामी साता थाइल्यान्डको बैंककमा हुने अन्तराष्ट्रिय प्रतियोगिता टिन स्टार इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो गायन कला प्रस्तुत गर्ने अवसर पाएका हुन्।

परिवर्तन इभेन्ट हाउसद्वारा १० वर्षदेखि राजधानीमा आयोजना हुँदै आएको नृत्य, गायन तथा अभिनयको प्रतिस्प्र्धात्मक कार्यक्रम डीएसए (डान्स, सिंगिङ एन्ड एक्टिङ) सिंगिङ स्टार २०१९ को विजेता भएवापत उनले सो अन्तराष्ट्रिय प्रतिस्र्धामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका हुन्।

उक्त प्रतियोगितामा गायनबाट प्रतिनिधित्व गर्ने उनी एक्लो प्रतिस्पर्धी हुन्। पोखरेल सो प्रतियोगितामा सहभागी हुन आगामी आइ्रतबार बैंकक जाँदैछन्। १६ गतेदेखि चल्ने प्रतियोगिताको अन्तिम स्पर्धा २१ गते हुनेछ।

देशभरका विभिन्न विद्यालयका करिब हजारजना प्रतिस्पर्धीमध्ये ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गरेका एक सय चार विद्यार्थीलाई पछाडि पार्दैै डीएसए संगिङ स्टारमा गायन विधाको विजयी बनेका १४ वर्षिय प्रसुनले टिन स्टार इन्टरनेसनलमा ५५ देशका ११ देखि १४ वर्ष उमेर समूहका सयौं प्रतिभाका बीच आफू लाई प्रतिस्पर्धामा उतार्नेछन्।

सौन्दर्य प्रतियोगिताको शैलीमा हुने सो अन्तराष्ट्रिय प्रतियोगितामा प्रसुनले परिचय राउन्डदेखि ट्यालेन्ट, नेसनल डझेसजस्ता विभिन्न चरणमा आपूmलाई प्रस्तुत गर्ने बताए। प्रसुनले प्रतियोगिमा स्पर्धा गर्ने क्रममा ट्यालेन्ट राउन्डमा गीत प्रस्तुत गर्ने तथा डझेस राउन्डमा राष्ट्रिय पोसाकमा सहभागी भई देशलाई अन्तराष्ट्रियमञ्चमा चिनाउने तयारी गरेको कार्यक्रममा बताए।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले पोखरेलको सफलताको कामना गर्दै यस्ता प्रतिभालाई सहयोग गर्न आफू हरदम तयार रहेको बताए। चन्द्रागिरि नगरपालिका वडा नं १४ का वडा अध्यक्ष राजभाइ महर्जनले गायनको माध्यमबाट अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउनु गर्वको विषय भएको चर्चा गरे।

नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीले स्कुलपछि अब प्रसुनले देशको नाम राख्ने समय आएको बताए। ब्राइट फ्युचरका संस्थापक प्रिन्सिपल मोहन कार्कीले विद्यालयले पढाइमा मात्र नभई गायन, खेलजस्ता अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै आएकोले राष्ट्रले क्याप्टेन विजय लामा, सलोन बस्नेतजस्ता कलाकार पाएको बताए।

प्रसुनकी आमा विमला पोखरेलले आफूले सधैं सन्तानको रुचि र क्षमतालाई ध्यानमा राखेर पढाइसँगै गायनमा लाग्न पनि सहयोग गर्दै आएको खुलाइन्। गायक सत्यसराज आचार्यले प्रसुनले आमाबाबुबाटै राम्रो शिक्षा र हौसलासँगै विद्यालयमा पनि राम्रो वातावरण पाएकोले भविष्यमा समेत गायन क्षेत्रमा प्रगति गर्न सक्ने चर्चा गरे। डीएसए सिंगिङ स्टारको आयोजक संस्था परिवर्तन इभेन्ट हाउसका निर्देशक राज बराईलीले प्रसुन सन् २०१९ का विजेता भए पनि कोभिड १९ का कारण कार्यक्रम रोकिएकाले अहिले उक्त कार्यक्रमका लागि जान लागेको प्रस्ट्याए।

सानैदेखि गायनमा रुचि राख्ने प्रसुन विद्यालयका कार्यक्रममा गीत गाउने गर्थे। सोही क्रममा डीएसए स्टारका लागि विद्यालयममा आयोजित अडिसनमा सहभागी भएका उनी प्रतिस्पर्धाको विजयी नै बन्न पुगेका थिए। उपाधि विजेता भएसँगै उनले साथी बोलको गीत पनि रेकर्ड गराएका छन्। जसमा उनलाई संगीत र स्वरमा टंक बुढाथोकीले साथ दिएका छन्। गीतमाथिको भिडियोमा प्रसुनले अभिनेता राजेश हमालका साथ लोभलाग्दो अभिनयसमेत गरेका छन्। प्रसुनले कार्यक्रममा यो मन त मेरो नेपाली हो बोलको गीत प्रस्तुत गरेका थिए।

प्रसुन आमा-बुबासहित विद्यालयमा शिक्षक-शिक्षिकाको हौसलाका कारण गायनमा अघि बढ्न सम्भव भएको बताउँछन्। डीएसए सींगीङ स्टारको विजयी भएसँगै विभिन्न प्ल्याटफर्म पाइरहेको छु। यही प्याल्याटफर्ममार्फत देशको प्रतिनिधित्व गर्दै थाइल्यान्डको कार्यक्रमसम्म जाने अवसर पाउँदा गर्व लागेको छ।

यहाँसम्म आइपुग्न मलाई परिवार र विद्यालयका शिक्षक शिक्षिकाको निकै सघाउनुभएको छ। विद्यालयले मेरो लागि भनेर छुट्टै संगीत कक्षाको पनि व्यवस्था गरिदिएको छ भने विभिन्न गायन प्रतियोगीतामा सहभागी गराएर मेरो कन्फिडेन्स बढाइदिएको छु प्रसुनले भने।