इन्टरटेनमेन्ट अवार्डको मनोनयन सार्वजनिक


मनोरञ्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै दोस्रो नेसनल इन्टरटेनमेन्ट अवार्डको उत्कृष्ट मनोनयन सूची सार्वजनिक गरिएको छ। गीत-संगीतका विभिन्न ३८ विधामा आयोजना हुने अवार्ड कार्यक्रम यसै महिनाको अन्तिम साता आयोजना गरिने आयोजक सूर्य चन्दले जानकारी गराएका छन्।

उनका अनुसार दोस्रो संस्करणको नेसनल इन्टरटेनमेन्ट अवार्डमा उत्कृष्ट राष्ट्रिय भावको गीत, राष्ट्रिय भावको भिडियो, पप गायक, गायिका र गीतकार, लोकदोहोरी गायक, गायिका, नव गायक, नव गायिका, बाल प्रतिभा, पुरुष र महिला मोडल, पुरुष र महिला नव मोडल, भिडियो निर्देशक, शब्द, संगीत, एरेन्जर, डायस्पोरा गायक, काठे गीत, भाषाभाषीको गीत, आधुनिक भिडियो पुरुष र महिला मोडल, आधुनिक भिडियो नवमोडल, म्युजिक भिडियो निर्देशक, आधुनिक गीत एरेन्जर, आधुनिक गीत गायक र गायिका, नवप्रतिभा, गीतकार, डायस्पोरा गीतकार, महिला गीतकार, संगीतकार, नवगीतकार, युगल गायन, छायांकार, पर्व विशेष गीत, सांस्कृतिक गीत र कमेडी शो विधामा अवार्ड प्रदान गरिनेछ। गीतसंगीतका साथमा फिल्म, खेल, पर्यटन, कमेडी र सौन्दर्य व्यवसायलगायतका विविध क्षेत्रलाई समावेश गर्दै आयोजना हुने अवार्ड कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु(याएका व्यक्तित्वलाई अवार्ड तथा सम्मान प्रदान गरिने पनि उनले जानकारी गराए।