ललितपुरको एकान्तकुना र नख्खुचोक चौबाटो भोलिदेखि ‘वानवे’


ललितपुर।

ललितपुर एकान्तकुना सडक र नख्खुचोक चौबाटो भोलिदेखि एकतर्फी बनाइएको छ । ललितपुर महानगरपालिकाले एक विज्ञप्ति जारी गरी साउन १० गते (मंगलबार) बिहान ८ बजेदेखिर साँझ ८ बजेसम्म सवारी साधनलाई निषेध गरेको हो ।

नख्खुपुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने सवारी साधन र ललितपुरको भनिमण्डल चोकबाट नख्खुचोकतर्फ आउने चार पाङ्ग्रे सवारीसाधन निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ।