जगदिशको सर सर माया

0
Shares

गायक जगदीश समालको नयाँ गीत सर सर मायाको म्युजिक भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा डिपी खनालको शब्द रचना, शंकर थापा स्माईलु को संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको छ। कलाकार नाजिर हुसेन र रुबिना थापाको साथमा नब कलाकार रोजिना धिमालले अभिनय गरेको म्युजिक भिडियोमा अर्जुन तिवारी र टिमको छाँयाकंन रहेको छ।

भिडियोमा सुप्रीम पराजुलीको सम्पादन तथा रंग संयोजन छ भने राजिव समरको नृत्य निर्देशन र शान थापाको निर्देशन रहेको छ। म्युजिक भिडिया गायक समालको युट्युब च्यानल जगदिश समालमार्फत सार्वजनिक गरिएको छ।