पुरुषको कलाकारिता, हाम्रो अश्लीलता ? : शर्लीन

0
Shares

बलिउड अभिनेता रणवीर सिंहको नग्न फोटो सामाजिक सञ्जालमा भाईरल बन्न पुग्यो। रणवीरले गराएको उक्त नग्न फोटोशुटमा आम मानिसको सकरात्मक तथा नकरात्मक दुवै प्रतिक्रिया पाएको छ।

आम मानिसजस्तै यतिखेर बलिउड सेलिब्रेटीसमेत सो विषयमा धारणाको हिसाबले दुई भागमा विभाजित भएका छन्। केहि मानिसले उनको यो फोटोशुटलाई बोल्डनेस भनिरहेका छन् भने केहि भने यस फोटोशुटलाई लिएर रिसाईरहेका छन्।

यसैविच बलिउड अभिनेत्री शर्लिन चोपडाले उनको फोटोशुटबारे आफ्नो असन्तुष्टि व्यक्त गरेकी छन्। शर्लिनले रणविरको उक्त फोटो ट्वीट गर्दै लेखेकी छिन्, मैले पनि केहि समय अघि एक अन्र्तराष्टिझय म्यागेजिनका लागि बोल्ड फोटोशुट गराएकी थिएँ। त्यति बेला मलाई मीडीया तथा मानिसले चरित्रहिन, अश्लील भन्दै तीखो आलोचना गरेका थिए।

तर यी जवानले नग्न फोटोशुट गर्दा भने मीडीया यीनको कलाकारीताको सराहना गर्न व्यस्त छ। मेरो शरीरमा चाहिँ किरा परेको थियो कि के हो? यस ट्वीटमार्फत समाज तथा सञ्चारमाध्यमले महिला र पुरुष कलाकारलाई हेर्न दृष्टिकोणको आलोचना गरेकी छन्। केहि समय अघि अमेरीकन म्यागेजिन प्लेब्वाईका लागि नग्न फोटोशुट गराएकी शर्लीनले उक्त फोटोशुट पछि निकै आलोचनाको सामना गर्नु परेको थियो।