भोगको भारतीय संस्करणमा अञ्जली

0
Shares

विश्व चर्चित फेसन म्यागेजिन भगको भारतीय संस्करणको आवरण पृष्ठमा नेपाली सूपरमोडल अञ्जली लामा छाएकी छन्।
उक्त म्यागेजिनको अगस्ट अंकमा अञ्जली देखिने भएकी हुन्।

आवरण कथाको एक भागमा लेखक क्लो चुले अञ्जलीको बारेमा लेखेका छन् विश्वले लामाको व्यक्तिगत तथा व्यवसायिक यात्राबारे जान्न जरुरी छ।ु भोगसँग आफ्नो यात्राबारे कुराकानी गर्ने क्रममा अञ्जलीले नुवाकोटको विकट गाउँबाट उच्च शिक्षाका लागि काठमाडौ अँएदेखि ब्लू डाईमण्ड सोसाईटीमा आवद्ध भएर मोडलिङमा लागेपछिको सफलताको कथा सुनाएकी छन्।

फेशनले लैंगिक अल्पसंख्यकबारे समाजमा चेतना फैलाउने काम गरेको छ। म फेशनबाटै आफ्नो पहिचान बताउन सक्छु उनले भनेकी छन्। नेपालको नुवाकोटमा जन्मीएकी अञ्जलीले लैंगिक अल्पसंख्यकको प्रतिनिधित्व गर्दै न्युयोर्क फेशन वीकमा समेत -याम्प वाक गरेकी थिईन्। साथै बलिउड र हलिउडको संयुक्त लगानीमा बनेको एक फिल्ममा बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिजका साथ देखिँदैछिन। भगको आवरण पृष्ठमा स्थान पाउने उनी दोस्रो नेपाली हुन्। यस अघि भोगले फेशन डिजाइनर प्रबल गुरुङको आवरण कथा प्रकाशन गरेको थियो।