आयुष्नोभाको कदम मोडियो मिस युनिभर्स नेपालतिर

28
Shares

मिस युनिभर्स नेपाल २०२२ को आकर्षण चुलिएको छ। प्रतियोगिताको पहिलो चरणमा विभिन्न ३९ जना प्रतिस्पर्धी चयन भएका छन्। उनीहरू सबै अनलाईन अडिसनबाट चयन भएका हुन्।

जसमा डक्टर आयुष्नोभा ढुँगाना पनि स्पर्धाका लागि छानिएकी छन्। यी ३९ जनामा बहुसँख्यक प्रतियोगी मोडल छन् भने केही नयाँ अनुहार छन्। मोडलिङमा डक्टर आयुष्नोभा ढुँगाना पनि नयाँ अनुहार हुन्। तर उनीसँग आफ्नो क्षेत्रको विज्ञता छ।

आयुष्नोभाले विभिन्न अन्तर्राष्टिझय पुरस्कार विजेता फिल्म र वृत्तचित्रका लागि १२ वर्षकै उमेरमा उपशिर्षक लेखेकी छन् भने संस्कृतिविद् सत्यमोहन जोशीका साथ धेरै दिग्गज कलाकारसँग देशभक्तिपूर्ण गीतमा अभिनय गरेकि छन्। उनकी आमा रोशनी केसी फिल्म निर्मात्री तथा अभिनेत्री हुन्। बुबा अँगद ढुँगाना व्यबसायी हुन्। दुबैको प्रेरणाले आफु मिस युनिभर्स नेपालमा सहभागी भएको आयुष्नोभाले बताइन्।

आयुष्नोभाले गत वर्ष बँगलादेशबाट छाला रोग विषयमा एमबिबिएस गरेकी छन्। बँगलादेशबाट पढाई सकेर नेपाल फर्किएकी डा. आयुष्नोभा अहिले नेपालमै विरामीको सेवा गरिरहेकी छन्। छालारोग सम्बन्धि सेवा दिईरहेकी उनी मिस युनिभर्स नेपाल २०२२ पछि केही दुर्गम ठाउँमा गएर आफ्नो सेवा दिने योजनामा छन्। छाला भनेको मानिसमा झट्ट हेर्दा पहिलो नजरमै देखिने तत्व भएकाले यसलाई महत्व दिएर आफु छाला रोगको चिकित्सक बनेको उनको भनाई छ।

यसपटक उनी सबैका लागि स्वास्थ्य भन्ने नारासहित मिस युनिभर्स नेपाल २०२२ मा भिड्दै छिन्  एउटा डक्टरले बिरामीलाई त निरन्तर सेवा दिएकै हुन्छ। डक्टरले मिस युनिभर्स नेपाल भएर मिस युनिभर्समा गई नेपाललाई चिनाउन सक्छ भन्ने उदाहरण बन्न चाहन्छु उनी भन्छिन्। नग्मा श्रेष्ठले मिस युनिभर्समा पहिलो पटक नेपालबाट प्रतिनिधित्व गरेकी थिईन्। गत वर्ष यो उपाधि सुजिता बस्नेतले जितेकी थिईन्। मिस युनिभर्स नेपालको आगामी चरणमा उत्कृष्ट २० जना चयन हुनेछन्।

ती २० जना नै फाईनलमा उत्रने छन्। त्यसपछि उत्कृष्ट १० हुँदै मिस युनिभर्स नेपाल चयन गरिने आयोजकले जनाएका छन्। ती उत्कृष्ट २० लाई प्रत्यक्ष रूपमा प्रसान्त ताम्राकारले कोरियोग्राफी गर्नेछन्। आगामी १९ अगष्टमा चयन हुने मिस युनिभर्स नेपालमा ताज चुम्ने लक्ष्यसहित तयारी गरिरहेको आयुष्नोभाले बताइन्।