तीजलाई ओई मेरी रानी

0
Shares

काठमाडाैं  ।

गायक टेक अधिकारी र गायिका प्रीति आलेको स्वरमा ओए मेरी रानी बालको तीज गीत सार्वजनिक गरिएको छ।
रेशम प्रधानको संगीत रहेको सार्वजनिक गीतमा शब्द रचना उनका साथमा टेक अधिकारीको रहेको छ।

विक्रम चौहानले निर्देशन गरेको गीतको भिडियोमा अनु पराजुली र लोमश शर्मा फिचर्ड छन्। सुजन श्रेष्ठले खिचेको भिडियोको सम्पादन युवराज खत्रीले गरेका छन्।

भिडियो एक्सन फिल्म्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गायक अधिकारीको यसअघिको ओई सानी, ओई माया, छड्के तिलहरी र हामी नेपाली बोलका गीत बजारमा आएका थिए।