प्रेमराजा र दीपाको पीपलडाँडे साइँली

0
Shares

बाँझो खेतमा लोक गायक प्रेमराजा महतद्वारा गाइएको नयाँ गीत सार्वजनिक भएको छ। ट्रि इन्टरटेन्मेन्टको प्रस्तुतिमा लोक गायक महतका साथ अस्मिता परियारले गाएको लोक शैलीको नयाँ गीत पीपल डाँडे साइँली रिलिज सार्वजनिक गरिएको हो।
गीतमा शब्द तथा संगीत प्रेमराजाकै छ।

बाँझो खेतमा, हिउँचुलीमा हिउँ, विदेशीको हरियो डलरजस्ता गीतका गायक महत्तले यो गीत चार दशकअघि नै कल्पना गरेको बताए। दीपक नेपालीको निर्देशनमा तयार भएको भिडियोमा लोकगायक महतका साथ दीपाश्री निरौला, डेलविस, राज, जुना सुन्दास र सलिना खत्रीले नृत्य गरेका छन्। दिनेश दर्शनधारी, यशोधा राई र सुवर्ण महर्जनको लगानीमा बनेको भिडियोमा प्रवीण भट्टको सम्पादन र मौसम हिमालीको कोरियोग्राफी छ।

गीत र यसको भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले प्रेमराज महत्तसँग पहिलोपटक सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन्। महत्तले पनि अब आफू गीतसंगीतमा सक्रिय रूपमा लाग्ने बताए। उनले, यो गीत कोर्दा एक मोहरमा २ दाना अम्बा पाइने भन्दै अहिले समय फेरिएको बताए। यो गीतले चार दशकअघिको जनजीवनलाई चित्रित गर्ने उनले बताए।