पानी फोटो म मरे पनि मेरै निर्देशनमा बन्थ्यो : खगेन्द्र लामिछाने

0
Shares

पशुपतिप्रसादबाट चम्किएका अभिनेता खगेन्द्र लामिछाने विभिन्न फिल्ममा अभिनय र फिल्म निर्माण गर्दै जाँदा पानी फोटो नामक फिल्मबाट निर्देशक पनि बनेका छन्।

आगामी शुक्रबारबाट अल नेपाल रिलिज हुने पानी फोटोलाई लिएर उत्साहित छन् उनी। ‘म अभिनय गरेर वा पुस्तक, नाटक तथा फिल्म लेखेर कथा भन्ने मान्छे हुँ। यसपटकको कथा आपैँmलाई भन्न मन लाग्यो र यो फिल्म निर्देशन गरेँ। मैले फिल्ममा आउने क्रममा वधशालामा खेलेँ।

त्यो पनि यस्तै विषयमा थियो। त्यो फिल्म खेल्दा नै कुनै दिन आफैँ फिल्म निर्देशन गर्छु भनेर सपना साँचेको थिएँ। आज त्यो पूरा भयो’ खगेन्द्रले नेपाल समाचारपत्रसँग कुरा गर्द भने ‘मैले फिल्म निर्माण र फिल्ममा अभिनय गर्ने त्रममा आज पानी फोटोको निर्देशन गरेँ। पछि बनाउने फिल्ममा निर्देशन नगर्न पनि सक्छु। म फेरि एक्टरमा असफल भएर डाइरेक्टर भएको होइन। कुनै कुनै फिल्म म आफैँ निर्देशन गर्छु भन्ने हुन्छ। त्यो यही फिल्म हो। यो मलाई नै निर्देशन गर्न मन थियो।’

पानी फोटोका केही प्रचार सामग्रीमा खगेन्द्रले पशुपतिप्रसादको लेखक, कलाकार तथा निर्माताको फिल्म भनेर उल्लेख गरेका छन्। यसबारे उनी भन्छन् ‘मलाई पानी फोटोका लागि पशुपतिप्रसादको सहारा चाहिएको होइन। कतिपय मान्छेलाई अहिले पनि पशुपतिप्रसादको पशुपतिप्रसाद र खगेन्द्र भन्ने मान्छे एउटै हो भन्ने थाहा छैन। दुवै एउटै हो भनेर चिनून् भनेर कतै कतै जोडेको हुँ। अफकोर्स यो मान्छेले मन पराएको फिल्म पशुपतिप्रसाद बनाउनले नै बनाएको फिल्म रहेछ भनेर इन्फरमेसन दिनका लागि हो।’

पानी फोटोको निर्देशन गरेपछि खगेन्द्रलाई अनुभव भएको रहेछ ‘एक्टिङ गर्नु भनेको अर्कै जीवन जिउनु हो। निर्देशन चुनौतीपूर्ण हो। मैले पहिले पनि नाटक निर्देशन गरेको हुँ। नाटक र फिल्म निर्देशनको प्रोसेस लगभग नजिक छन्। पहिला नाटकमा ध्यान दिएर काम गरेकाले फिल्म निर्देशन गर्न पनि सजिलो भयो। यसमा मैले प्रिपडक्सनको काम ४÷५ महिना लगाएर मिहिनरूपमा गरेको थिएँ। ताकि सेटमा गईसकेपछि एउटा प्वाइन्टमा पनि कन्प्युजन नहोउँ। कुनै पनि दिन अब के गर्ने भन्ने कुनै पनि कदममा भएन।

फिल्मको लागि यसरी यसरी तयारी गरेको थिएँ कि हरके सिन र सटका लागि पेपरमा प्रेम बनाएको थिएँ। त्यसैले, सुटिङ नसकिई म मरेको भए पनि यो फिल्म बन्थ्यो। किनभने मैले यो मनबाट बनाएको फिल्म हो। त्यसैले, म बेला बेलामा मेरो टिमलाई भन्थें म मरेँ भने पनि यो फिल्म चाहिँ बनाओ है, तर निर्देशकचाहिँ म नै हुनुपर्छ।’खगेन्द्रले पानी फोटोलाई सशस्त्र द्वन्द्वमा बेपत्ता भएकाको आफन्तको कथाको फिल्मका रुपमा तयार पारेका छन्। ‘छोरो हराएपछि बाबु आमा र आफन्तको अवस्था। वारको टाइमको इम्प्याक्टको कथा यसमा पेश गरेको छु। बेपत्ता छोरालाई बाबु आमा, आफन्त र समाजले कसरी खोजिरहेको छ भन्ने कथा यसमा छ।

यसमा केवल एकजना मान्छेको कथा नभएर मेरो बच्चादेखिको कथाको कनेक्सन छ। मेरो आप्mनै मामा १६ वर्षको उमेरमा हराउनुभएको थियो। मैले त उहाँको अनुहार पनि देखिनं। आमालाई मुस्किलले अनुहार याद रहेछ। हजुरआमा ९४ वर्षको हुनुहुन्छ। तर, हेराउन गएको रे, अहिले पनि त्यो आउँछ भनिरहनुभएको छ। म पनि प्रतीक्षा गरिरहेको छु। सायद मेरो बच्चालाई पनि मेरो बाबाको मामाको परिवार पो कहीँ छ कि भन्ने होला’ खगेन्द्र भन्छन् ‘हाम्रो देशमा सशस्त्र क्रान्ति भयो। कति मरे, कति हराए। यही विषयमा मैले नाटक लेखेँ।

मञ्चन गर्दा धेरै मान्छेलाइ छोयो। मलाई यस्तो कथा धरै भन्दा धेरैलाई भन्नुपर्छ भन्ने लाग्यो। नाटक लेख्दा गाउँ–गाउँमा गएर रिसर्च गरेर तयार पारेको थिएँ। फिल्मबाट यो कथा भन्नुपर्ने भएपछि त्यो कथा काफी भएन र फेरि थप रिचर्सको लागि हिँडे। रिसर्चका लागि बर्दियाको एउटा परिवारसँग कुरा गरेर अर्को परिवार कहाँ पुग्न दुई तीन घण्टा लाग्थ्यो। तर, त्यो ठाउँ नै कहिल्यै नआई दिए हुन्थ्यो भन्ने लाग्थ्यो। किनभने एउटा परिवारको कथा सुनेपछि विक्षीप्त बनाउँथ्यो। तर, मेरो काम त गर्नै पर्छ। गाडीको फ्रन्ट सिटमा बसेर एक ठाउँबाट अर्को ठाउँमा जाँदा त्यो ठाउँ कहिल्यै नआआओस्, बरु यात्रा जारी रहोस् महिनौंसम्म भन्ने लाग्थ्यो। रिसर्चको क्रममा रोल्प, बर्दिया पुगियो। त्यस क्रममा म सुन्ने मान्छेलाई त त्यति पीडा भयो भने भोग्नेलाई के भयो होला? महशुस गरिदिने कसले?’

पानी फोटोमा खगेन्द्र मूख्य भूमिकामै खेल्ने सोचमा थिए, तर असुहाउँदो महशुस भएपछि छोटो भूमिकामा खुम्चिएका रहेछन्। ‘मलाई के चुनौति थियो भने म जुन एजको थिएँ, त्यसले मलाई त्यो रोल गर्न दिएन। ५० वर्षभन्दा माथिको उमेरको भूमिका गर्नका लागि मेकअपसमेत गरेँ, तर म कन्भिस हुन सकिनँ र अर्को रोलमा आएँ’ खगेन्द्रले सुनाए।

अभिनेत्री मेनुका प्रधान भने खगेन्द्रले भावुक भएर सुनाएको कथाले छोएको बताइन्। ‘खगेन्द्र दाइले इमोसनल भएर भन्नु भएपछि धेरै नै ट्रिगर ग¥यो। त्यससँगै आप्mनै बुझाइ भयो। त्यो महशुसलाई शब्दमा भन्नै सक्दिनं। छोरासँगको मायमा जिद्दीपन लागिरहेको यो क्यारेक्टरले नै मलाई ड्राइभ ग-यो। पावर हाउस नै रहेछ माया भन्ने अनुभव गरायो। मलाई यो क्यारेक्ट रनर्ग सबैभन्दा डर नै थियो एज मिलाउन। आफूमा बडीमै कसरी फिल गराउने भन्ने थियो।

तर, गर्दा गर्दा बडीमा एक किसिमको भाव आएको महशुस भयो। मैले आमा भएर माया गर्ने कुरा यो रोल गर्दा नै गरिसकेँ’ मेनुकाले सुनाइन्।
अर्की अभिनेत्री मलिका महतले काम गर्दै जाँदा पात्रमा डुबेको सुनाइन्। ‘म एकपटक क्यारेक्टरमा छिरिसकेपछि त्यसमै रमाउँछु। मलाई यो मुभी गरिराख्दा पनि त्यस्तै महशुस भयो। सुटिङको लागि स्याङजा पुगेपछि दुई तिन दिनमै त्यहीँकै मान्छेजस्तो भईसकेको थिएँ। मेरा धेरै सिन मेनुका दिसँग थियो। काम गर्दै जाँदा साँच्चिकै कुरा गरेको जस्तो फिल भइरहेको हुन्थ्यो। टिजर र ट्रेलरबाट पोजेटिभ कमेन्ट आइरहेको छ। मुभी राम्रो भएको छ’ उनको भनाइ थियो।