जिल्ला प्रशासनमा एक वर्षमा ९८ वटा बैठक, चालु वर्षलाई कार्य सम्पादन सम्झौता

0
Shares

काभ्रे ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०७८ साउन देखि २०७९ असार मसान्तसम्म भएको प्रगति सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०७९/२०८० का लागि कार्य सम्पादन सम्झौता गरेको छ ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख चक्रराज जोशी लगायत कार्यालयका विभिन्न शाखामा कार्यरत कर्मचारीहरुसँग कार्य सम्पादन सम्झौता गर्नु भएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेबाट अघिल्लो आर्थिक वर्ष १६ हजार ८ सय १४ वटा नयाँ तथा १० हजार ७ सय २४ वटा प्रतिलिपि नागरिकता वितरण भएको छ । नयाँ नागरिकता लिनेमा ९ हजार ७८ महिला र ७ हजार ७ सय ३६ जना पुरुष रहेका छन् । प्रतिलिपि लिनेमा महिला ४ हजार २ सय ३१ जना र पुरुष ६ हजार ४ सय ९३ जना रहेका छन् ।

राहदानी ४ हजार ४ सय ४३ जना महिला, ५ हजार ३ सय ७० जना पुरुषले बनाएका छन् भने ११ हजार ५७ जनाले द्रुत राहदानीको सिफारिस लिएका छन् । प्रशासन कार्यालय मार्फत २८ हजार ९ सय ६८ जनाले राष्ट्रिय परिचय पत्र अभिलेखिरकणका लागि फोटो खिचाएका छन् ।

राहदानी बापत प्रशासन कार्यालयमा ५ करोड १४ लाख ४४ हजार ५ सय संकलन भएको छ । त्यस्तै अन्य प्रशासनिक शिर्षकमा ५ लाख ९१ हजार २ सय ३५ संकलन भएका छन् ।

प्रशासनिक दण्ड जरिवना ८७ हजार ९ सय, परीक्षा शुल्क मापत ७ हजार, बेरुजु १० हजार, सरकारी सम्पति विक्रीबाट ११ हजार, अन्य राजश्व १ लाख ४९ हजार ७ सय ५० र अन्य राजश्व संकलन भएको छ । प्रशासन कार्यालयमा मुद्दा दर्ता १ सय २७, फैसला ३९, गुनासो र कारवाही १ सय ४४ वटा दर्ता भएका छन् ।

हातहतियार नवीकरण १५, कार्यालय अनुगमन ७, बजार अनुगमन १५, संघ संस्था दर्ता ७३ वटा र विभिन्न सिफारिस २ हजार ८० वटा भएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताउनु भयो । संघ संस्था नविकरण २ सय ३१, नाबालक परिचय पत्र वितरण ३ सय ३०, कार्यालयबाट प्रवाह गरेको सूचना १ सय ७० वटा रहेका छन् ।

प्रशासन मार्फत १३ वटा आगलागी २ लाख २२ लाख उपलब्ध गराईएको छ भने ३१ स्थानमा बाढीपहिरो क्षति बापत ५९ हजार २ सय वितरण गरिएको छ । चट्याङ्गमा मृत्यु भएका दुई जनालाई ४ लाख रकम वितरण गरिएको छ । मध्यपहाडी राजमार्गको १ करोड मुआब्जा वितरण नभएकाले फिर्ता भएको छ ।

प्रशासन कार्यालयमा एक वर्षको अवधीमा विभिन्न कार्यालय तथा विषयका ९८ वटा बैठक सम्पन्न भएका छन् । एक वर्षको अवधीमा ४ सय ३० वटा अपराधिक घटना भएका छन् भने ३ सय १७ जना पक्राउ परेका छन् । ४ सय १८ मुद्दा चलाईएका छन् भने अपहरणका २ वटा घटना भएका छन् ।