वेब सिरिजमा इज्जत

0
Shares

आरके मानन्धर र राजु धुजुको निर्देशनमा नयाँ वेब सिरिज इज्जत सार्वजनिक भएको छ। आरके मान्धरकै कथा, पटकथा तथा संवाद रहेको सिरिजमा सामाजिक कथा प्रस्तुत गरिएको छ।

मुख्यतः दुई परिवारको कथा प्रस्तुत गरिएको सिरिजमा एक परिवारका बाबु आमा, जो विदेश गएको सन्तानको लामो समयसम्म फोन नआएपछि मोबाइल पो बिग्रिएको हो कि भन्ने सोचेर मोबाइल पसलमा बनाउन लान्छन्। तर मोबाइल भने बिग्रिएको भने हुँदैन र कयौँ दिनसम्म छोरालाई फोन गर्दासमेत फोन नउठेपछि निराश हुँदै घर फर्किदै गरेका बाबु बाटोमा दुर्घटनामा पर्छन्।

लघु कथामा अर्को परिवार आफ्नो इज्जतका लागि खेत बेचेर भए पनि छोरालाई विदेश पठाउन लागि परेको परिवारको कथा समावेश छ। समग्रमा उक्त सर्ट फिल्मले इज्जतका लागि ठूलो रकम खर्च गरेर पनि ठूलो देश पठाउनुपर्छ भन्ने सामाजिक विकृतिको पाटोलाई उजागर गर्नुका साथै पढाइको सिलसिलामा विदेसिने युवा र विदेसिएपछिको परिणामलाई उठाइएको छ। बाँकी कथा बुझ्न भने अर्को भागको प्रतीक्षा गर्नुपर्ने हुन्छ।

राजु धुजु, राके मानन्धर तथ सिरु विष्टको अभिनय तारिफ योग्य रहेको छ भने भूमिका गिरी, अमन श्रेष्ठ, उत्तम कोदे, श्रिया बोहरा, अधिप मानन्धर, प्रशान्त अर्याल, अनुप अर्याल र अनुप थापाको अभिनय पात्र सुहाउँदो छ। रामेश्वर हुमागाईंको छायाकन र रविन भट्टको सम्पादन रहेको वेब सिरिज आरके एन्ड आरके युट्युब च्यानलमा हेर्न सकिन्छ। लघु फिल्मको निर्माता आरके मानन्धर र सीता मानन्धर रहेका छन्।