तापसीलाई स्वाराको साथ

0
Shares

बलिउड अभिनेत्री तापसी पन्नुको हालै रीलीज भएको नयाँ फिल्म शाबाश मिथुले बक्स अफिसमा कुनै हलचल ल्याउन सकेन।
भारतीय क्रिकेटर मिताली राजमाथिको यो बायोपिकले दर्शकलाई हलसम्म तान्न नसकेपछि तापसीको अभिनयलाई लिएर आलोचना सुरु हुन पुग्यो।

फिल्म समिक्षकहरुले समेत तापसीको आलोचना गर्दै समिक्षा लेखे भने संजाल सामाजिक प्रयोगकर्ताहरु तापसीको मजाकमा खनिन पुगे।फिल्म फ्लप भएसँगै आएका प्रतिक्रियाबाट निराश तापसीको समर्थनमा अभिनेत्री स्वारा भास्कर भने खुलेर उत्रिईन्। हालै स्वाराले तापसीको बचाउ गर्दै एक ट्वीट सार्वजनिक गरिन्।

‘बक्स अफिसको कमाईको आधारमा कुनै पनि फिल्मको महत्वको मापन गर्नु काफी हुँदैन। निकै आशा गरिएका कतिपय फिल्म बक्स अफिसमा सफल हुँदैनन भने कुनै बकवास फिल्म पनि हिट भइरहेका हुन्छन्। मलाई शाबाश मिथुको ट्रेलर निकै मन परेकोले उक्त फिल्म हेर्न जाँदैछु’ उनले लेखेकी छन्।

नायिका एकअर्काविच खिचातानी गरिरहेको देखिने बलिउड नगरीमा तापसीको फिल्म फ्लप भए पनि उनको बचाउमा स्वाराले गरेको ट्वीटले भने सकरात्मक प्रतिक्रिया पाएको छ। तापसी हाल राजकुमार हिरानीको निर्देशनमा शाहरुख खानका साथ फिल्म डंकीको शुटिङ गरिरहेकी छ ।