बमबहादुर र शिवाको बामरी



नजिकिँदै गएको हिन्दू महिलाको महत्वपूर्ण चाड तीजलाई दक्षित गर्दै लोकप्रिय लोक गायक, संकलक तथा संगीतकार बमबहादुर कार्कीको शब्द एवं संगीतमा गायिका शिवा आले मगरको स्वरमा बामरी बोलको तीज गीत हालै सार्वजनिक गरिएको छ।

गीतमा समूह गायनमा गीता श्रेष्ठले साथ दिएकी छन्। गीतमा धेरै समयपछि तीजको अवसरमा भेटघाट भएर दुःख सुखको कुराकानी गरेको प्रसंग समावेश गरिएको छ। गीतमाथि आकर्षक भिडियो पनि निर्माण गरिएको छ। गीतको भिडियोमा रुबिना अधिकारीको नृत्य रहेको छ भने प्रकाश भट्टको कोरियोग्राफी, दुर्गा पौडेलको छायांकन र विष्णु शर्मँको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्