कलाकर्मी सम्माननित



होटल मेरियटमा आयोजित उक्त रियालिटी शो घोषणा कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु-याउने व्यक्तित्वका साथमा फाउण्डेशनको आयोजनामा हाल सञ्चालनमा रहेको मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसएका सहयोगीहरुलाई सम्मान गरिएको छ।

सो अवसरमा फिल्मकर्मी निर शाह, अभिनेता, निर्माता निर्देशक भुवन केसी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, नायिका प्रियंका कार्की, अभिनेता तथा निर्माता निर्देशक निर्मल शर्मा, शो होस्ट सुशिल नेपाल र द भ्वाइस अफ नेपालका अध्यक्ष लक्ष्मण पौडेललाई सम्मान गरिएको थियो। त्यसै गरी कुमार कार्की, दुर्गा प्रसाद पाण्डे, ज्ञानेन्द्रराज देवकोटा र माधव खरेललाई पनि सम्मान गरिएको छ।
कार्यक्रममा कलाकार किरण केसी, गायक पुष्पन प्रधान र शिव परियारले गीत गाएर रोचकता प्रदान गरेका थिए भने नेपाली विरको विरता झल्कने नृत्यसमेत प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्