झन्डै १ करोड रुपियाँ पुरस्कारसहितको गायन र नृत्य रियालिटी शो घोषणा



नेपाली रियालिटी शोकै इतिहासमा हालसम्मकै सर्वाधिक धेरै, झन्डै एक करोड रुपियाँ राशी पुरस्कारसहित गायन र नृत्यसम्बन्धी रियालिटी शो हुने भएको छ। त्यो पनि विश्वभरका प्रतिभाशाली नेपालीले सहभागीता जनाउन सक्ने गरी।
मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए आयोजना गर्दै आएको इन्ट्रा फाउन्डेसन अमेरिकाले विजेतालाई झन्डै एक करोड रुपियाँ पुरस्कार राशी प्रदान गर्ने गरी गायन र नृत्यसम्बन्धि रियालीटी शो आयोजना गर्न लागेको हो।

फाउन्डेसनले सोमबार राति राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गरी ७५ हजार डलर नगद (९५ लाख ९५ हजार दुई सय ९७ रुपियाँ) पुरस्कारसहित मेरो भ्वाइस र डान्स युनिभर्स नामक दुइ्र्र रियालीटी शो आयोजना गर्ने घोषणा गरेको छ। पत्रकार सम्मेलनमा फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले दुबै रियालीटी शोका विजेतालाई जनही ७५ हजार डलर नगद (९५ लाख ९५ हजार दुई सय ९७ रुपियाँ) रुपियाँ पुरस्कारस्वरुप प्रदान गरिने जानकारी गराए।

 

उनका अनुसार गायन रियालीटी शो मेरो भ्वाइस यूनिभर्स र डान्स रियालीटी शो मेरो डान्स युनिभर्सका विजेतालाई ७५ हजार डलर नगद (९५ लाख ९५ हजार दुई सय ९७ रुपियाँ) पुरस्कार प्रदान गरिनेछ। रियालीटी शोमा विश्वका कुन पनि देशमा रहेका नेपाली भाषीले यो प्रतियोगितामा ससहभागीता जनाउन सक्नेछ। उनका अनुसार दुवै रियालिटी शोको फस्ट रनर्सअपलाई २५ हजार डलर (३१ लाख ९८ हजार चार सय ३२ रुपियाँ) र सेकेन्ड रनर्सअपलाई १० हजार डलर (१२ लाख ७९ हजार तीन सय ७३ रुपियाँ) पुरस्कार प्रदान गरिनेछ।

‘हामीलाई कार्यक्रम आयोजना गरेर कुनैप्रकारको नाफा कमाउनु छैन। विश्वभर छरिएर रहेका नेपाली भाषीलाई एक सुत्रमा वाँध्ने र उनीहरुलाई नेपाली भाषाको बारेमा सधै नै सजग गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो’ कार्यक्रममा फाउन्डेशनका अध्यक्ष अधिकारीले भने।

अधिकारीका अनुसार दुबै रियालीटी शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीले इन्ट्रा फाउन्डेसनको एप डाउनलोड गरेर अगस्टदेखि डिसेम्बर ३१ भित्र आवेदन भर्न सक्नेछन्। २०२३ जनवरी १ बाट भने प्रतिस्पर्धीलाई विश्वका विभिन्न राष्ट्रमा बोलाएर अडिसन गरिनेछ।

नेपालको हकमा भने पूर्व, मध्य र पश्चिमाञ्चलमा अडिसन गरिने तथा क्यानडा र अमेरिकामा भने १–१ स्थानमा अडिसन गरिने अधिकारीले जानकारी गराए। अन्य देशमा भने आवेदकको संख्याको आधारमा अडिसन गरिने फाउन्डेशनले जनाएको छ।२०२३ फ्रेबुअरी २८ तारिखसम्म फिल अडिसन गरी साइटलेस अडिसनका लागि छनोट भएका प्रतिस्पर्धीलाई नेपालमा ल्याइने पनि अध्यक्ष अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्