आज सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । 

आज बिहान लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका धेरै स्थान र अन्य भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम, लुम्बिनी, गण्डकी,बागमती र मधेश प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्विमका प्रदेशका थोरै स्थानमा भारी वर्षाको आकलन गरिएको छ । बिहीबार पहाडी भूभागका धेरै स्थान र अन्य भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्