काठमाडौंमा मंगलबारदेखि कोरोना विरुद्धको बुस्टर डोज



काठमाडौं । 

काठमाडौंमा मंगलबारदेखि कोभिडविरुद्धको खोपको तेस्रो मात्रा अर्थात् बुस्टर डोज लगाउन शुरू गरिएको छ । शुक्रबारसम्म जारी रहने बुस्टर डोज अभियानमा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिसिल्ड खोप दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले बताउनुभयो ।

उहाँले काठमाडौं जिल्लाका सबै नगरपालिकाका स्वास्थ्य केन्द्रमा खोप उपलब्ध हुने र दोस्रो मात्रा लगाएको तीन महिना पुगेका नागरिकले बुस्टरडोज लगाउन सक्ने बताउनुभयो । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा २३ प्रतिशत नागरिकले मात्र बुस्टर डोज लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्