शिक्षा सचिवमा सुवेदी

केहीबेरमा स्वागत र बिदाई



काठमाडौं ।

सरकारले शिक्षा सचिवमा रामकृष्ण सुवेदीलाई सरुवा गरेको छ । मन्त्रीपरिषदको बैठकले शुक्रबार गरेको निर्णय सोमबारमात्र जानकारी भएको थियो । उपराष्ट्रपति कार्यालयको सचिव सुवेदीले सोमबारपत्र बुझ्नुभएको थियो ।

सोमबार पत्र बुझे लगत्तै आज पदबहाली गर्नुहुने कार्यक्रम रहेको छ । मन्त्रालयका अनुसार सचिव कोइरालाको आज बिदाई गरी सचिव सुवेदीले पदबहाली गर्नुहुने कार्यक्रम रहेको छ । केहीबेरमा कोइराला सचिव ज्युको बिदाई र सुवेदी सचिव ज्युको पदबहाली गर्ने कार्यक्रम तय भएको छ–मन्त्रालयका एक अधिकारीले न्युज अफ नेपालसंग भने ।

प्रतिक्रिया दिनुहोस्