१८ वर्षअघि इन्गेजमेन्ट तोडेकैसँग जेनिफरको चौथो बिहे

0
Shares

चर्चित हलिउड अभिनेत्री एवम गायिका जेनिफर लोपेज र अभिनेता बेन एफलेक विवाह बन्धनमा बाँधिएका छन्। जेनिफरले हालै बेनसँगको एक तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै आफ्नो न्युज लेटरमा लेखेकी छन् ‘अन्ततः हामीले विवाह ग¥यौं। जिन्दगी रमाइलो छ। माया धैर्यता पनि हो र यो बीस वर्षको धैर्यताको परिणाम हो।’ ५२ वर्षीया जेनिफर तथा ४९ वर्षीय बेनले सन् २००२ मा इगेजमेन्ट गरेका थिए। उनीहरूले सन् २००३ मा विवाह गर्ने योजना बनाए पनि स्थगित भएको थियो।

प्रेम सम्बन्धमा दरार आएसँगै सन् २००४ मा छुट्टिएका उनीहरूले दुई दशकपछि विवाह गरेका हुन्।बेनभन्दा पहिले ब्याकअप डान्सर क्रिस जुड तथा ओजनी नोआका साथ विवाह गरेकी जेनिफरले १८ वर्षअघि सन् २००४ मा बेनसँग छुट्टिएपछि गायक म्याक एन्थोनीका साथ विवाह गरिन्।

सन् २०१४ मा म्याकसँग पनि सम्बन्ध विच्छेद गरेपछि उनी आफ्ना १४ वर्षिय जुम्ल्याहा सन्तानका साथ रहँदै अँएकी थिइन्। सन् २०२१ मा करिब दुई दशकपछि बेन र जेनिफरको पूनः प्रेम सम्बन्ध सुरु भएपछि उनीहरूले सो सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्। जेनिफरको यो चौथो विवाह हो भने बेनको दोस्रो विवाह हो।

बेन र जेनिफरको आफ्नै सन्तान नभए पनि उनीहरू आफ्ना अघिल्ला सम्बन्धबाट जन्मेका सन्तानका साथ रहँदै आएका छन्। बेनको पूर्व पत्नी जेनिफर गार्नरको तर्फबाट १६, १३ र १० वर्षको तीन सन्तान रहेका छन्। सन् २००३ मा रिलिज भएको फिल्म गिग्लीमा पहिलोपटक सँगै काम गरेका उनीहरुले दुई फिल्ममा एकसाथ काम गरेका छन्।