पुष्प र श्रद्धाको सस्पेन्स लभ

0
Shares

गीतबाट चर्चामा आएको फिल्म कृष्ण–लीलाको हालै ट्रेलर सार्वजनीक गरिएको छ। डीएआर मुभिजको युट्युब च्यानलमार्फत सार्वजनिक झन्डै तीन मिनेट लामो ट्रेलरमा कमेडी, रोमान्स, लभ, सस्पेन्स र सेन्टिमेन्ट्सको समिश्रण छ।

ट्रेलरमा युवा प्रेम जोडीबीचको गहिरो माया प्रेम र त्यसमा आउने उतार चढावलाई प्रस्तुत गरिएको छ। दीपक ओलीको निर्देशनमा बनेको फिल्म कृष्ण जन्माष्टामीको अवसर पारेर आगामी भदौ ३ गतेदेखि अल नेपाल रिलिज हुँदै छ। फिल्ममा पुष्प खड्का र श्रद्धा क्षेत्रीको चर्चित जोडीले अनस्क्रिन रोमान्स गरेका छन्। पुष्प र श्रद्धाको साथमा बुद्धि तामाङ, रवीन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुषा क्षेत्री तथा बालकलाकर आयुष गुरागाईं फिल्म्को मुख्य भूमिकामा छन्।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति, प्रकाशराज कार्की र केवल तामाङको निर्माणमा बनेको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह–निर्माता र रमेश तामाङ लाइन प्रोड्युसर रहेका छन्।

पूर्वी नेपालको पाँचथर, इलाम र झापाका रमणीय स्थलमा छायांकन गरिएको फिल्ममा रंगपत्रकार लक्ष्मण सुवेदीको लेखन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, रामजी लामिछाने र माइकल चन्दको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, शिव ढकालको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ। फिल्मका सार्वजनीक कुनै दिन यस्तो पनि र ए मेरो हजुर बोलका दुवै गीत हिट भएका छन्।