प्रधानसेनापति शर्मा अस्ट्रेलिया जाँदै



काठमाडौं ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अस्ट्रेलिया जानुहुने भएको छ ।

साउन ९देखि ११ सम्म सिडनीमा सञ्चालन हुने ‘एनुअल चिफ अफ डिफेन्स कन्फ्रेन्स’मा भाग लिन प्रधानसेनापति अष्ट्रेलिया जान लाग्नुभएको हो । असार ३१ को मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको सो भ्रमणलाई स्वीकृत गरिसकेको छ ।

प्रधानसेनापति शर्मा हालै मात्र अमेरिकालगायतका देशको भ्रमण पूरा गरी स्वदेश फर्किनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्