कोरोना संक्रमणबाट १ को मृत्यु



काठमाडौं । 

नेपालमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ५४ वर्षीया एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७३ दिनपछि आइतबार नेपालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको हो

यसअघि वैशाख २१ गते एक जनाको र त्योभन्दा अघि चैत ८ गते एक जनाको मृत्यु भएको थियो ।नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ११ हजार ९ सय ५३ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४१ जनाको नमुना परीक्षण गरिएकोमा १ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ भने ५९ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ३९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्