डिभिजन वन कार्यालयको बेरुजु रकम शून्य



लमजुङ ।

लमजुङ सदरमुकाम बेसीशहर नगरपालिकामा रहेको डिभिजन वन कार्यालय लमजुङले दुई दशक अघि देखिको पुरानो बेरुजु रकम असुल गरेको छ । विभिन्न शिर्षकमा कार्यालयबाट खर्च भएका तर बेरुजु देखिएको रकम सम्वन्धीत व्यक्तीबाट असुल गरेको हो ।

डिभिजन वन कार्यालय लमजुङका प्रमुख पुणेश्वर सुवेदीका अनुसार आर्थिक वर्ष २०५५÷५६ देखि विभिन्न व्यक्ती तथा कार्यक्रम शिर्षकहरुमा देखिएको बेरुजु रकम मध्ये ६३ दशमलव ६९ प्रतिशत रकम असुल गरेको हो । दुई दशकको अवधीमा एक लाख ५५ हजार चारसय ६२ रुपैया बेरुजु देखिएकोमा एकलाख ४९ हजार चारसय १८ रुपैया ३८ पैसा असुल गरेको कार्यालय प्रमुख सुवेदीको भनाई छ ।

तत्कालिन जिल्ला वन कार्यालय हुँदा आर्थिक वर्ष २०६०/६१ मा १७ हजार एकसय ६५ रुपैया बेरुजु देखिएको थियो । सो बाहेक आर्थिक वर्ष ०६६/६७ मा ५८ हजार ४९ रुपैया, आर्थिक वर्ष ०६८/६९मा एकहजार सातसय ३५ रुपैया ४० पैसा र आर्थिक वर्ष ०६०/६१ मै ७२ हजार चारसय ६८ रुपैया ८५ पैसा विभिन्न व्यक्तीको नाममा बेरुजु देखिएको कार्यालयले जनाएको छ ।

तत्कालिन समयको कार्यालय प्रमुख वा अन्य कर्मचारीहरुको नाममा रकम बेरुजु देखिएको र उनीहरुमध्ये हाल कोहि पनि डिभिजन वन कार्यालयमा नभएकोले खोज तलास गरी बेरुजु रकम असुल गरिएको कार्यालय प्रमुख सुवेदीले बताउनु भयो । बेरुजु रकम असुल गर्ने मध्ये कतिपयले जागीरबाट अवकास समेत लिएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो ।

डिभिजन वन कार्यालयका अनुसार हालसम्म एक लाख ४९ हजार चारसय १८ रुपैया ३८ पैसा बेरुजु असुल गरिएको र सो फस्र्यौट हुने क्रममा रहेको छ । सो बाहेक अझै ६ हजार ४४ रुपैया बेरुजु असुल हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष ०५९/६० मा दुईहजार सातसय ५१ रुपैया २५ पैसा, ०६०/६१ मा आठसय रुपैया र ०६१÷६२ मा दुईहजार चारसय ९३ रुपैया बेरुजु देखिएको तर असुल हुन नसकेको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो । बेरुजु असुल गर्नका लगि नामेसी नखुलेको तथा सम्वन्धीत व्यक्तीलाई सम्पर्क गर्न नसकिएको कारण उक्त रकम असुल गर्न नसकिएको सुवेदीको भनाई छ ।

यसैविच डिभिजन वन कार्यालय लमजुङले आर्थिक वर्ष ०५५/५६ देखि ०५७/५८ सम्मको बेरुजु मिनाहका लागि सम्वन्धीत विभागमा पत्राचार गरेको जनाएको छ । २०५६ माघ १८ गते तत्कालिन जिल्ला बन कार्यालयमा आगोलागी भई श्रेष्ता नष्ट भएकोले तत्कालिन बेरुजु रकम मिनाहका लागि बन तथा भुसंरगण विभाग काठमाण्डौमा पत्राचार गरीएको कार्यालयले जनाएको छ ।

त्यसैगरी तत्कालिन जिल्ला बन कार्यालय प्रदेश सरकार माताहतमा गई डिभिजन वन कार्यालयमा परिणत भएसँगै दुई आर्थिक वर्षमा दुईलाख ३९ हजार तीनसय २७ रुपैया बेरुजु देखिएको छ । आर्थिक वर्ष ०७५/७६ मा राईनासस्थित बीर भक्ती थापा पार्क तथा भ्यु टावर निर्माण उपभोक्ता समितिको नाममा एकलाख २९ हजार तीनसय २७ रुपैया बेरुजु देखिएको हो । तत्कालिन उपभोक्ता समितीले सम्झौता भन्दा बढि रकम लगेको र फिर्ता गर्नका लागि पटक पटक आग्रह गर्दा समेत आनाकानी गरेको डिभिजन वन कार्यालय लमजुङले जनाएको छ ।

सोही आर्थिक वर्षमा तत्कालिन सहायक वन अधिकृतको नाममा पनि एकलाख १० हजार रुपैया बेरुजु देखिएको छ । सम्वन्धीत व्यक्तीलाई रकम दाखिला गर्न पटक पटक पत्राचार गरिएपनि हालसम्म रकम असुल हुन नसकेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष ०७६÷७७ र ०७७÷७८ मा भने कार्यालयमा शून्य बेरुजु रहेको बताईएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्