रोटरी क्लब डाउनटाउनको पदस्थापन सम्पन्न


काठमाडौं । 

रोटरी क्लब अफ काठमाडौं डाउनटाउनको तेस्रो पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रम एक समारोहका बीच सम्पन्न भएको छ । स्वार्थभन्दा माथि सेवा भन्ने साझा उद्देश्यका साथ क्रियाशील रोटरी क्लब काठमाडौं डाउनटाउनले मानवीय र सामाजिक कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउँदै आएको छ ।

विगत दुई वर्ष अगाडि मात्र रोटरियन श्यामबहादुर पराजुलीको अध्यक्षतामा स्थापना भएको छोटो समयमा स्वास्थ्य शिविर, ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई स्टेसनरीलगायतका सामग्री वितरण, रक्तदान, वृक्षरोपण, अनाथआश्रममा सहयोग, गम्भीर बिरामी भई उपचार पाउन नसकेकालाई सहयोगलगायतका सामाजिक र मानवीय सहयोगका कार्यक्रम सञ्चालन गरी डिस्ट्रि«कमै उदाहरणीय क्लबका रूपमा स्थापित भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पास्ट डिस्ट्रिक गभर्नर चिन्तामणि भट्राईले रोटरी क्लब अफ काठमाडौं डाउनटाउनका नयाँ अध्यक्ष अर्थात् ०२२, ०२३ का अध्यक्ष लोकबहादुर टण्डनलाई गङ्गग्याभल लगाइदिनुभएको थियो भने चार्टर प्रेसिडेन्ट श्यामबहादुर पराजुलीले चार्टर सर्टिफिकेट हस्तान्तरण गर्नुभएको थियो ।

असिस्टेन्ट गभर्नर अनिश वज्राचार्यले अध्यक्ष टण्डनलाई शपथग्रहण गराउनुभएको थियो भने अध्यक्ष टण्डनले बोर्डका सदस्यहरूको परिचय गराई उहाँहरूलाई शपथ ग्रहण गराउनुभएको थियो ।

कार्यक्रममा पास्ट डिस्ट्रिक गभर्नर चिन्तामणि भट्राई, वरिष्ठ पत्रकार टंक पन्त, क्लबका अध्यक्ष लोकबहादुर टण्डन, चार्टर प्रेसिडेन्ट श्यामबहादुर पराजुली, ०२१, ०२२ का असिस्टेन्ट गभर्नर लक्ष्मी खनाल, प्रेसिडेन्ट इलेक्ट अमोलचन्द्र प्रधान, अनोजराज पौडेललगायतले रोटरीले गर्दै आएका काम र आगामी योजनाका बारेमा प्रकाश पार्नुभएको थियो ।