वाम तालमेल गर्न ओलीलाई श्रेष्ठको प्रस्ताव



काठमाडौं  ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता गर्न सम्भव नभए वाम तालमेल गर्न प्रस्ताव गर्नुभएको छ ।

उहाँले अहिलेको आवश्यकता पार्टी एकता नै भएको बताउँदै पार्टी एकता यदि सम्भव नभए आगामी निर्वाचनमा वाम तालमेल गरेर अघि बढन प्रस्ताव गर्नुभएको हो ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले देश बचाउनका लागि वामपन्थी नेताहरूको एकताको आवश्यकता रहेको बताउनुभयो । ‘एकता सम्भव नभए पनि तालमेल वा मोर्चा बनाएर जाऔं भन्ने मेरो प्रस्ताव छ’ –उहाँले भन्नुभयो ।

राष्ट्रवादी वामपन्थी शक्तिहरू एकै ठाउँमा आउनुपर्ने अवस्था आएको बताएको बताउँदै नेपालले सधैंभरि असंलग्न परराष्ट्र नीति लिनुपर्ने र यसमा सबै राजनीतिक दलको ऐक्यबद्धता हुनुपर्ने बताउनुभयो । उहाँले यसअघिको कम्युनिस्ट पार्टीहरूको एकतालाई जोगाउन नसकेकोमा आत्मालोचना गर्दै केपी शर्मा ओलीलाई पनि वाम एकता जोगाउन नसकेकोमा आत्मालोचना गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्