बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भक्तपुरको दधिकोटबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपालचोक घर भई हाल भक्तपुर दधिकोट बस्ने ३० वर्षीय सीताराम भण्डारीलाई सोही स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

हिजो (मंगलबार) काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले भण्डारीलाई पक्राउ गरेको हो ।

उनलाई बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरले गत जेठ १० गते ५ लाख जरीवाना तोकेको थियो । भण्डारीले उक्त रकम असुल गगरी फरार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्