मिस टिन हुँदै



मिस्टर एन्ड मिस टिन वल्र्ड नेपालको दोस्रो संस्करण सुरु भएको छ। आयोजक फेलिज इन्टरनेसनलले राजधानीमा एक कार्यक्रम आयोजना गर्दै प्रतियोगिताको आवदेनसमेत खुल्ला भएको जनाएको छ।

१६ देखि २१ वर्षसम्मका युवा युवतीले भाग लिन सक्ने प्रतियोगिताका शीर्ष विजेताले आगामी १० अक्टुबरमा टर्कीको इस्तानबुलमा हुने टप मोडल अफ युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने अवसरका अलावा द ब्रिटिस कलेजमा २० लाख रुपैयाँको छात्रवृत्ति, एक लाख रुपियाँँ नगद पुरस्कार र उपहार प्राप्त गर्नेछन्।

त्यस्तै, फस्र्ट र सेकेन्ड रनर्सअपले ब्रिटिस कलेजबाट १५ लाखसम्मको छात्रवृत्ति तथा सहभागीले पहिलो वर्ष अध्ययनमा ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्