डान्सिङ शैलीमा भिडियो



सेभेन ११ म्युजिक फ्याक्टझीको निर्माणमा तयार भएको हे माया बोलको गीतको म्युजिक भिडियो राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।

गायक अनिल जोशी र गायिका रचना रिमालको स्वर रहेको गीतमा विष्णु भद्मको शब्द र संगीत छ। गीतको भिडियो माइकल चन्दले निर्देशन गरेका छन्।

माइकलले गीतमाथि डान्सिङ शैलीको भिडियो तयार पारेका छन्। भिडियोमा सुधीर श्रेष्ठ, श्रद्धा क्षेत्री, विना राउत र सरोज प्रजाको साथमा बाल-कलाकार आर्या रेग्मीको अभिनय छ। शिलन लम्सालको सम्पादनमा रहेको भिडियो तयार पार्नु परे पनि राम्रो बनेको चन्दले बताए।

प्रतिक्रिया दिनुहोस्