उर्वशी विश्व सुपर मोडलको सूचीमा



बलिउड अभिनेत्री तथा मोडल उर्वशी रौतेलाले विश्वका १० सुपर मोडलको सूचीमा स्थान बनाएकी छन्।
हालै ग्ल्यामर जगतको चर्चित वेबसाइटले विश्वका १० कामुक सुपर मोडलको सूचीमा उर्वशीलाई समेत समावेश गरेको हो।

उनी मिस टिन इन्डिया, मिस एसियन सुपर मोडल इन्डिया, इडियन प्रिन्सेस, मिस क्विन अफ द इयर इन्टरनेसनल इन्डिया, मिस टुरिजम क्विन अफ द इयर इन्टरनेसनल वल्र्डजस्ता उपाधि जित्ने सुपर मोडल हु न्।

१५ वर्षको उमेरमै अभिनयमा डेब्यु गरेकी उर्वशी मिस डिभा २०१५ की विजेतासमेत हुन्। सन् २०१३ मा सिह साब द ग्रेटबाट बलिउड फिल्म नगरीमा डेब्यु गरेकी उर्वशीले ग्रेट ग्रयान्ड मस्तील काबिल, हेट स्टोरी–४, पागलपन्थीजस्ता फिल्ममा अभिनय गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्