रामचन्द्रको ठूली



फेवातालमा साइँली गायक रामचन्द्र काफ्लेद्वारा स्वरबद्ध ठूली बोलको गीत हालै सार्वजनिक भएको छ।
गायिका लक्ष्मी मल्लको साथमा गायक काप्mलेले गाएको गीतमा श्रीकृष्ण बम मल्लको शब्द र संगीत रहेको छ भने सुनितामी परियार र रेजिना परियारको कोरस स्वर रहेको छ।

गीतमाथि बनेको भिडियोमा अभिनेता पुष्प खड्का र गायक रामचन्द्र काफ्लेको साथमा जुना सुन्दास, एरोना मल्ल, श्रीकृष्ण बम मल्लको अभिनय रहेको छ।

भिडियोमा असारको महिनामा खेतमा धान रोप्ने बेलाको रमाइला दृश्य कैद गरिएको छ। जहाँ रोपाहार र हली बनेका युवायुवतीले एक आपसमा मनको कुरा गीतमार्फत व्यक्त गरेका छन्। गीतको भिडियोमा पुष्पलाई श्रवणशक्ति नभएको पात्रका रुपमा प्रस्तुत गरिएको छ। मौसम हिमालको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा बुद्ध थापाको छायांकन र विकास ज्ञवालीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्