विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला



काठमाडौं । देशका विभिन्न स्थानमा ६ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

सल्यान, महोत्तरी, कञ्चनपुर, नवलपरासी (पूर्व) र डोटीमा उनीहरु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सल्यानको शारदा नगरपालिका–६ भट्टाचौरस्थित शारदा नदीमा सोही ठाउँ बस्ने ५० वर्षीय डोल बहादुर भण्डारी शुक्रबार मृत अवस्थामा फेला परेका छन् । नदीमा माछा मार्न भनि बिहीबार राति गएका उनको सोही नदीमा शव फेला परेको हो ।

महोत्तरीको सम्सी गाउँपालिका–४ गैंडाभेटपुर गाँउबाट पश्चिम धान खेतमा बर्दीबास नगरपालिका–२ बुद्ध चोक बस्ने ३५ वर्षीय आशिष कार्की शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ जिरो प्वाईन्टस्थित महाकाली नदी बिच भागमा भारत चम्पावत बस्ने ५५ वर्षीय शंकर पाठक शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी(पूर्व)को मध्यबिन्दु नगरपालिका–१४ दुवारी बस्ने ४१ वर्षीय भोज बहादुर बारघरे सोही ठाउँ थारुडाँडास्थित खोल्सामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । असार ६ गते घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

यसैगरी नवलपरासी(पूर्व)को गैंडाकोट नगरपालिका–१ मौलाकालिका सामुदायिक वनको भोटेखोलास्थित पानी नभएको खोल्सोमा हाल पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

डोटीको शिखर नगरपालिका–१० बान्डुग्रीसैनस्थित सेती नदी किनारामा हाल पहिचान नखुलेकी अन्दजी ३५ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
सबै घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्