देशभर दोख



सशस्त्र द्धन्दकालको पृष्ठभूमिमा सामूदायिक वनको विषयलाई लिएर दुई गाउँबीच भएको युद्वको कथा बुनिएको फिल्म दोख आज शुक्रवारदेखि अल नेपाल रिलीजमा आउने भएको छ।

तत्कालीन शसश्त्र द्धन्द र त्यसको असर झल्कने विभिन्न चोटिला कथाको संयोजनको यो फिल्म अनुप बरालले निर्देशन गरको छन्। बरालले द्धन्द प्रभावित परिवारको संवेदनालाई छुने खालको कथामार्फत मानविय पक्षलाई फिल्ममार्पmत उठाउन खोजिएको बतँए।

ग्रीन हिल इन्टरटेनमेन्ट र एक्टर स्टुडियोको व्यानरमा सविन ज्ञवाली र मनोज अधिकारीको निर्माणमा बनेको फिल्ममा राजन कठेतको लेखन, शैलेन्द्र डी कार्कीको छायाकंन, उत्तक न्यौापनेको साउण्ड डीजाईन र नीमेश श्रेष्ठको सम्पादन रहेको छ। ओम गुरुङ, रञ्जु वाग्ले थापा र भीम न्यौपाने कार्यकारी निर्माता तथा सन्तोष पाठक, धर्म अधिकारी, प्रविण पाठक, सुमिता आचार्य, शिशिर खरेल, दीपक खनाल र युवराज भद्मराई सह निर्माता रहेको फिल्ममा दिया मास्के, मनिष निरौला, लोकमणी सापकोटा, माओत्से गुरुङ, राज थापा काउच, सुरज मल्ल, रोए दिप, कमल देवकोटा, साजन थापा मगर, अनोज पाण्डे, दीवाज राज कीराँती, रजत राई, देव न्यौपाने, केशव राज युप्स, किरण चाम्लिङ, लीला राज खतिवडा, किरण सुनवार, अमन प्रताप अधिकारी, कुलचन्द्र न्यौपाने, सीता कुमारी न्यौपाने, मनोज गिरी, दुपती राई, लक्ष्मी देवी राई, जन्का मनीता राई, विष्णु तामाङ, शान्ता तामाङ तथा बाल कलाकारहरु विरल प्रताप अधिकारी, सेवान्त लुईटेल, अभिनित चौँलागाई, रञ्जना तामाङ, रश्मच आले मगर र हाङ डीमा हाङ राईको अभिनय रहेको छ। त्यस्तै फूटबल खेलाडीमा तुफान किराती वान्तवा, डीक बहादुर प्रधान,रुपक भूजेल र हाङ ओ हाङ राई रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्