एकल महिलाको अवाजमा रुँदा रुँदै



सामाजको यर्थाथमाथि प्रहार गरिएको गीत रुँदा रुँदै सार्वजनिक भएको छ। गायक भक्त प्रधानको स्वरमा सार्वजनिक गीतले एकल महिलाको आवाज उठाएको छ।

गीतमाथि मर्मस्पर्शी भिडियो पनि बनेको छ। सुरविर पण्डित, रश्मि भट्ट, शिशिर भण्डारी, जुना कार्की, नरेश संग्रौलालगायतले अभिनय गरेको गीतको भिडियोले दलित र बाँहुन समुदायको प्रेम र एकल महिलाको पिडा देखाएको छ।

भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरको छन्। एकल महिलाले पनि आफ्नो इच्छा अनुसार आफ्नो दोस्रो जिन्दगी सुरु गर्न पाउनुपर्छ भन्ने सन्देश भिडियोमार्फत दिन खोजेको निर्देशक कोइरालाले बताए।

नितेश राईको शब्द तथा संगीत रहेको गीत राजु कार्कीले एरेन्ज गरेका हुन्। दीपक गिरीको छायांकन, सिलन लम्सालको सम्पादन रहेको भिडियो विकल्प क्रियसनको प्रस्तुतिमा योङ माइन्डस् इन्टरटेनमेन्टले निर्माण गरेको हो।

प्रतिक्रिया दिनुहोस्