रिहाना अरबपतिको सूचिमा

0
Shares

अमेरिकी गायिका रिहाना सेल्फ मेड अरबपति घोषित भएकी छन्। फोब्र्सले वार्षिकøपमा सार्वजनिक गर्ने स्वनिर्मित अमेरीकी अरबपति महिलाको सूचिमा रिहाना २१ नम्बरमा परेकी हुन्।

३४ वर्षिया उनको कुल सम्पत्ती १.४ बिलियन अमेरिकी डलर रहेको छ। फोब्सका अनुसार रिहानाले स्थापना गरेको कस्मेटिक ब्राण्ड फेन्टि ब्युटिले उनलाई यो स्थानमा ल्याएको हो। गत अप्रिलमा विश्वकै धनी महिला सेलिब्रेटीको सूचिमा परेकी रिहानाले गत मे महिनामा प्रेमी रकीको साथ एक छोरीलाई जन्म दिएकी थिईन्।

रिहानाको साथमा सेल्फ मेड बिलिनियरको सूचिमा काईली जेनर, बियोन्से, किम कार्डसियन, म्याडोना, सेरेजना विलियम्स, सान्डा बुलुकलगायतका सेलिब्रेटी समेत रहेका छन्।