बाबरी रंगलेपछि चुलबुल चुलबुल

0
Shares

आगामी भाद्र ३१ गते अल नेपाल रिलीज हुने फिल्म बाबरीको चुलबुल चुलबुल बोलको गीत सार्वजनिक गरिएको छ। गीत बिहीबार केन्द्र मोशनको युट्युबबाट रिलिज गरिएको हो।

सार्वजनिक गीतको भिडियोमा धिरज मगर र अदिती बुढाथोकीाई फिचर्ड गरिएको छ। सुजन चापागाईको संगीत र रवीन्द्र लामिछानेको शब्द रचना रहेको गीत संगीतकार चापागाई र सुनिता थेगिमकले गाएका छन्। गीतमा विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी रहेको छ। बाबरी रंगले बोलको गीतले दर्शकमाझ लोकप्रियता कमाएसँगै यो गीतले पनि दर्शकको मन जित्ने विश्वास यसको निर्माण समूहेको छ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म सुरेन्द्र पौडेलले नर्देशन गरेका छन्। बाबरी फिल्मको व्यानरमा गणेश बुढाथोकी र पुष्पालता बुढाथोकीद्वारा निर्मित फिल्ममा धिरज नाडकर, बादल भट्ट , कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङलगायतका कलाकारले पनि अभिनय गरेका छन्।

सुष्मा गुरुङको सह निर्माणमा बनेको फिल्ममा लेखन निर्देशक पौडेल, पटकथा तथा संवाद रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपाल, संगीत कालीप्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङ, कोरियोग्राफी एञ्जिला खत्री र विक्रम लामा, तथा छायाँकन नरेन्द्र मैनालीको रहेको छ। फिल्म काठमाडौं, झापा, मोरङ र भारतको उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ।