माओवादी बैठक : ४१ को स्थायी कमिटी र १५६ को पोलिटब्युरो गठन



 काठमाडौं

महाधिवेशन सम्पन्न भएको ६ महिनापछि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले बिहीबार स्थायी कमिटी र पोलिटब्युरो टुंगो लगाएको छ । माओवादीको केन्द्रीय कमिटीको बैठकले ४१ सदस्यीय स्थायी कमिटी र १ सय ५६ सदस्यीय पोलिटब्युरोको टुंगो लगाएको हो । पेचिलो बन्दै आएको पदाधिकारीको टुंगो लगाउन भने बैठक विफल भएको छ ।

केन्द्रीय कमिटी बैठक स्थगित गरेर पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारीको पनि टुंगो लगाउने तयारी गर्नुभएको थियो । केन्द्रीय सदस्यहरूले पनि बैठकबाटै पदाधिकारीको टुंगो लगाउन दबाब दिँदै नाम प्रस्ताव गर्न प्रचण्डसँग माग गरेका थिए । तर, अन्तिम समयमा आएर प्रचण्डले स्थायी कमिटी र पोलिटब्युरोका सदस्यहरूको नाम प्रस्ताव गरे पनि पदाधिकारीको नाम प्रस्ताव गर्नुभएन ।बैठकलाई सम्बोधन गर्दै प्रचण्डले दुई चार दिन थप गृहकार्य गर्नुपर्ने भएकाले यो बैठकबाट पदाधिकारीको टुंगो लगाउन नसकिएको जानकारी दिँदै

आवश्यक गृहकार्यपछि पदाधिकारीको पनि टुंगो लगाउने विश्वास दिलाउनुभएको थियो ।माओवादीले पार्टीको विधानअनुसार गठन गरेको ४१ जनाको स्थायी कमिटीमा पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, मात्रिका यादव, लीलामणि पोखरेल, शक्तिबहादुर बस्नेत, हरिबोल गजुरेलसहित केन्द्रीय कार्यालय सचिव, पार्टी मातहतका आयोगका अध्यक्षलगायत रहेका छन् । यस्तै केही आमन्त्रित र माथिल्लो वरीयताका महिलालाई पनि स्थायी कमिटीमा समेटिएको छ ।

त्यसै गरी पोलिटब्युरोमा प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, जयपुरी घर्ती, लीलामणि पोख्रेल, दिनानाथ शर्मा, हितराज पाण्डे, विश्वनाथ साह, डिलाराम आचार्य, सन्तु दराई, गणेशमान पुन, हितबहादुर तामाङ, जगप्रसाद शर्मा अपार रहेका छन् । त्यसै गरी शशी श्रेष्ठ, सोना सुवेदी, जयपुरी घर्ती, ओनसरी घर्ती, यशोदा सुवेदी, अमृता थापा, झक्कु सुवेदी, कमला रोका, नारायण दाहाल, प्रह्लाद बुढाथोकी, महेश्वर गहतराज, परशुराम तामाङ, रामेश्वर राय, उर्मिला अर्याल, सत्या पहाडी, गणेशमान पुन, सावित्री काफ्ले, सूर्य सुवेदी, सुनिल मानन्धर, सन्तकुमार चौधरी, नेपबहादुर चौधरी,परशुराम रम्तेल, दलजीत श्रीपाइली, कुलप्रसाद केसी, जोखबहादुर महरा, हितबहादुर तमाङ, हरि अधिकारी, जगप्रसाद शर्मा मायाप्रसाद शर्मा, कालीबहादुर मल्ल, सीता खकुरेल, नारायणी शर्मा, हकिकुल्ला खाँ, महेश्वर पासवान, महेन्द्रबहादुर शाही, नरेश भण्डारी, राजुकमार, सुरेश आलेमगर, टेकबहादुर बस्नेतलाई पनि पोलिटब्युरोमा समेटिएको छ ।

यस्तै, डोरप्रसाद उपाध्याय, भरत साह, श्रवण यादव, वलावती शर्मा, गंगा कार्की, शुक्रविक्रम मल्ल, टेकबहादुर बस्नेत, राजु खड्का, भरत साह, शिवकुमार मण्डल, श्रवण यादव, रामकुमार यादव, गोपाल शर्मा, मुक्ति प्रधान, महेश्वर दाहाल, दिलिप प्रजापति, इन्द्र आङ्वो, लक्ष्मण पन्त, माधव बाँस्कोटा, लेखनाथ न्यौपाने, गोपाल ठाकुर, फगत यादव, अजम्बर काङमाङ, रामहरी कार्की, युवराज दुलाल, दिपेन्द्र पुन, तेजबहादुर ओली, कृष्णप्रसाद सापकोटा, केशव नेपाल, भक्तिप्रसाद माझी, ईश्वरीप्रसाद भट्टराई, प्रकाशहरि पोखरेल, दुर्गाजयन्ती राई, जीतबहादुर योङयाङ, भच्याङ यादव, बोधमाया यादव, रामकुमारी चौधरी, सुरेन्द्रप्रसाद जयसवाल, रेनु चन्द, देवी खड्का, बिमला सुवेदी, समिता कार्की, अमर टण्डन, रूपा चौधरी, सूर्यमान दोङ, सुदन किराँती, राजकुमार पासवान, विन्दमाया विष्ट, ओम शर्मा, छत्रबहादुर श्रेष्ठ, सुकबहादुर रोका, रामदीप आचार्य,महेन्द्र ब. शाही, तारामान चमार, शरदसिंह भण्डारी, तिलकराम शर्मा (हिमाल), कृष्ण धिताल, शालिकराम जमरकट्टेल, त्रिलोचन भट्ट, कुमार चौधरी, इन्द्रबहादुर श्रेष्ठ, देवराज रेग्मी, गजेन्द्र महत, बसन्तकुमार कुसद, हेमराज भण्डारी, चुडामणि खड्का,अशोक मण्डल, उमेश यादव, हरिनारायण चौधरी, जयशंकर नायक, वीरमान चौधरी,झलक दर्लामी, कपिल लामा, तपेश्वर चौधरी, धर्मशिला चापागार्इं, इन्द्रजीत थारू, राजकाजी गुरुङ, वामदेव क्षेत्री, नरेन्द्र कुँवर, वीना मगर, नरेश भण्डारी, युवराज भट्टराई, निर्मल आचार्य, महेन्द्र केसी, देवेन्द्र पराजुली, रेनु दाहाल, कालिबहादुर मल्ल, कृष्ण केसी, हिमाल शर्मा, रमेश मल्ल, ताराकुमारी घर्ती, राजन दाहाल, लोकेन्द्र लम्साल, पदम राई, दामा शर्मा, वलावती शर्मा, कल्पना धमला, महेन्द्र पासवान, लक्ष्मण जोशी, कुमारी मोक्तान, गोपी अछामी, धनबहादुर माक्थिम, ज्ञानु बस्नेत, अमर तमु, श्रवण खड्का जीवन, हरिकुमार अखण्ड, कुमार पौडेल, श्याम श्रेष्ठलाई पनि पोलिटब्युरोमा समेटिएका छन् ।

माओवादीको केन्द्रीय समिति बैठक आइतबारदेखि शुरू भएको थियो । प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन पनि सर्वसम्मतिले पारित भएसँगै बैठक सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्