४ वर्षपछि फेरि आकाश र पूजाको जोडी



आगामी ३१ अल नेपाल रिलिज हुने फिल्म सम्झना बिर्सनाको दोश्रो ट्रेलर बुढा सुब्बा डिजिटलमार्फत सार्वजनिक छ। चर्चित नायक नायिका जोडी आकाश श्रेष्ठ र पूजा शर्मा अभिनीत फिल्मको पौने तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् र सस्पेन्सको समीश्रण छ।

निमेष प्रधानद्वारा लिखित तथा निर्देशीत फिल्मको टझेलरमा चिया बगानका मजदुरका समस्यालाई पनि प्राथमिकताका साथ प्रस्तुत गरिएको छ। दार्जिलिङ, सिल्गुढी, सिक्किमलगायतका रमणीय स्थानमा खिचिएको फिल्मको ट्रेलरमा सबै प्रमुख कलाकाररु आकाश, पूजा, सँनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणालाई समेटिएको छ।

आदित्य फिल्मकाे ब्यानरमा अद्वितीय प्रधानको प्रस्तुति, रेविका प्रधानको निर्माण र सुवास भुर्तेल कार्यकारी निर्माता रहेको फिल्मका सार्वजनिक दुई गीत परेलीमा लुकाउँछु र हास्ने खेल्ने बेलैमा मन पराइएको छ। फिल्ममा अर्जुन पोखरेल, राजन इशान, सँदर्शन तामाङ र निर्देशक निमेषकै संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, शिव ढकालको छायाँकन र तारा थापा्किरम्भेु को सम्पादन रहेको छ।दर्शकबाट रुचाइएको आकाश र पूजाको जोडी करिब चार वर्षको अन्तरालपछि यही फिल्ममार्फत पूनः ठूलो पर्दामा देखिँदै छ।

प्रतिक्रिया दिनुहोस्