विवेकको अध्यक्षतामा प्रेजेन्टर्स एसोसियसन गठन

0
Shares

प्रेजेन्टर्स एसोसियसन अफ नेपाल नामक संस्था गठनको घोषणा गरिएको छ। आइतबार राजधानीको जमलस्थित सांस्कृतिक संस्थानमा पत्रकार सम्मेलन आयोजना गर्दै सो संस्था स्थापनाको औपचारिक घोषणा गरिएको हो।

रेडियो, टेलिभिजन र स्टेजमा कार्यरत सञ्चारकर्मी तथा कार्यक्रम प्रस्तोलाई समेटेर गठन गरिएको संस्थामा विवेक उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्यसमित गठन गरिएको छ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा माल्भिका सुब्बा, उपाध्यक्षमा विवेक सिंह ठकुरी, महासचिवमा जिपी तिमल्सिना र कोषाध्यक्षमा निर्णय श्रेष्ठ रहेका छन्। त्यसैगरी, सुगारिका केसी, बिना श्रेष्ठ, उरुषा जोशी, अमन प्रताप अधिकारी, खुश्बु प्रधान र सुभेक्षा खड्का सदस्य
रहेका छन्।

कार्यक्रममा काठमाडाैं महानगरपालिकाकी उप-प्रमुख सुनीता डंगोललाई मानार्थ सदस्यको उपाधि प्रदान गरिएको छ। त्यसैगरी, सञ्चारकर्मी रमा सिंह, माइकल चन्द र कोमल वलीलाई संरक्षक तथा हरिशरण लामिछाने, भूषण दाहाल र प्रभात रिमाललाई मानार्थ सदस्यका रुपमा मनोनयन गरिएको छ। पत्रकार सम्मलेनमा बोल्दै उप-प्रमुख डंगोलले आगामी दिनमा महानगरपालिका तथा एसोसियसनका बीच रचनात्मक सहकार्य गर्ने प्रतिबद्धता जनाइन्।