एक पद दश उम्मेदवार

0
Shares

चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १० जनाको आवेदन परेको छ।सो पदका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आवेदन दिने अन्तिम मिति आइतबारसम्ममा १० जना उम्मेदवारले आवेदन दिएका हुन्।

बोर्ड अध्यक्षका लागि अभिनेता भुवन केसीदेखि अभिनेत्री सुष्मा कार्कीसम्मले सिलबन्दी कार्ययोजनासहित आवेदन दिएका हुन्। मन्त्रालयअन्र्तगतको संस्थान समन्वयन शाखाका अनुसार अध्यक्षका पदका लागि भुवन र सुष्माका साथमा निर्देशकहरु दीपक श्रेष्ठ, नरेश पौड्याल, सम्झना उप्रेती रौनियर, निर्देशक तथा छायांकार सुचित्रा श्रेष्ठ, निर्मँता सुशील पोखरेल, फिल्मकर्मी मनीष पण्डित, अरुणकुमार प्रधान र विज्ञापन व्यवसायी तथा कलाकर्मी निर्मलराज पौड्यालले आवेदन दिएका छन्।

मन्त्रालयका अनुसार मापदण्ड पुगे नपुगेको रुजु गरि पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढ्नेछ। सरकारले जारी गरको सूचनामा अध्यक्ष पदका लागि ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको, कुनै विषयमा कम्तिमा स्नातक तह उत्तीर्ण गरी नेपाली फिल्म उद्योगको स्थापना, विकास, संरक्षण, सम्वद्र्धन र प्रर्वद्धनमा निरन्तररुपमा कम्तिमा १० वर्ष कार्य गरेको वा प्रवीणता प्रमाणपत्र अथवा सो सरह उत्तीर्ण गरी फिल्म उद्योगमा कम्तीमा २० वर्ष कार्य गरेको हुनुपर्ने मन्त्रालयले सूचनामा जनाएको छ।

सरकारले रिक्त पदपूर्तिका लागि आवेदन मागे पनि सत्तामा रहेको राजनीति पार्टी निकट व्यक्तिलाई नियुक्त गर्दै आएको छ।विदेशको व्यथामा सुमनको भिडियोबाल गायक जेनिस उप्रेतीको स्वरमा छोराछोरी विदेशमा बोलको गीत हालै सार्वजनिक भएको छ। सरोज प्याकुरेलको संगीत रहेको उक्त गीतलाई मनाहर सुनामले एरेन्ज गरेका छन्।

गीतमाथि अमेरिकामा बसेर फिल्म तथा म्युजिक भिडियो निर्माण, निर्देशन, गीत रचना र लोक दोहोरी कार्यक्रम सञ्चालन गर्दै आएका निर्देशक सुमन दाहालले भिडियो तयार पारेका छन्। दाहालले आफ्नो लेखन र निर्देशनमा तयार पारेको गीत र यसको भिडियोले अमेरिकामा रहेर जीवनयापन गरिरहेका लाखौँ नेपाली परिवारको समस्या बोलेको छ। हामी अमेरिका र अन्य देशमा बस्नेले पैसा कमाएको मात्र नेपालबाट देख्छन्। तर, हामी र हाम्रा सन्तानलाई यहाँ त्यत्तिकै दुःख पनि छ भनेर त्यो पीडालाई गीतमार्फत देखाइएको होु दाहाल भन्छन्।

अमेरिकाको ल्याक्सिनटन क्षेत्रमा छायांकन गरिएको गीतको भिडियोमा सम्राट दाहाल, समीर दाहालका साथमा सहयोगी कलाकारहरु सुभेक्षा उप्रेती, प्राश्ना गौतम, मनिशा चन्द, सिमिटझी भद्म, प्रिन्सी कँडेल, दिश्ना कोइराला, दर्शना कोइराला र प्mलोरिसा तिमल्सिनाले अभिनय गरेका छन्। सम्राट क्रियसन युट्युब च्यानलबाट रिलिज गरिएको भिडियोमा पवन गौतमको छायांकन र सुरेश राउतको सम्पादन रहेको छ।