कात्तिकलाई मिलन



आगामी कात्तिकको पहिलो साता प्रदर्शन हुने फिल्म मिलनको डबिङ सकिएको छ। ६ महिनाअघि छायांकन सकिएको यो फिल्मको डबिङको सम्पूर्ण काम सकिएको निर्माण समूहले जनाएको छ। फिल्ममा कुशल शाह ठकुरी, सलोन बस्नेत, शिल्पा थापा, शिशिर वाङ्देल, विशाल पहाडी, जानुका पौडेल (प्याकुली) लगायतका कलाकारले मुख्य भूमिकामा अभिनय गरेका छन्। कुशल शाह ठकुरी र शिल्पा थापा यसै फिल्मबाट डेब्यु गर्दै छन्। शिल्पा टिकटक स्टारसमेत हुन्। उनको टिकटक र इन्स्टाग्राममा लाखौं फ्लोअर्स छन्।

प्रेम कथामा आधारित फिल्ममा त्रिकोणात्मक प्रेम कहानी प्रस्तुत गरिएको निर्देशक टेक पौरखी राईले जानकारी गराए। यसअघि, निर्देशक राईले मट्टीमाला र माया पिरिम निर्देशन गरिसकेका छन्। फिल्ममा लेखन पनि निर्देशक राईकै रहेको छ।
फिल्ममा प्रताप दास, कौशल खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किराँतीको स्वर, कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

प्रतिक्रिया दिनुहोस्