सिनी भारत सुन्दरी

0
Shares

यस वर्षको मिस इन्डियाको उपाधि भारतको कर्नाटककी सिनी सेट्टीले चुमेकी छन्।आइतबार राति मुम्बईमा सम्पन्न भारत सुन्दरीको अन्तिम स्पर्धामा २१ वर्षीया सिनीले मिस इन्डिया वल्र्ड २०२२ को उपाधि चुमेकी हुन्। उनलाई सन् २०२१ की मिस इन्डिया मनसा वाराणासीले ताज परिरिदिएकी थिइन्।

मुम्बईमा जन्मिएकी सिनी मूल रुपमा कर्नाटकी हुन्। कलामा रुचि राख्ने उनको चित्रकला र अभिनयका साथै ब्याडमिन्टनमा पनि रुचिको विषय हुन्।चार्टड फाइनान्सियल विश्लेषक बन्नका लागि अध्ययन अघि बढाइरहेकी उनले लेखा तथा वित्तमा स्नातक तहको पढाइ पूरा गरेकी छन्। प्रतियोगितामा राजस्थानकी रुबल शेखावत फस्ट र उत्तर प्रदेशकी सिनाता चौहान सेकेन्ड रनर्सअप भएकी छन्। प्रतियोगितामा अभिनेत्री नेहा धुपिया, मलाइका अरोरा, डिनो मारियालगायत निर्णायक रहेका थिए।