नवनियुक्त मन्त्रीहरुको शपथ आजै हुने

0
Shares

काठमाडौँ ।

मन्त्रिपरिषद पुनर्गठन भएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जनता समाजवादी पार्टीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार नयाँ मन्त्रीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्म्द इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मृगेन्द्र कुमार सिंह यादव र वन तथा वातावरणमन्त्रीमा प्रदीप यादवलाई नियुक्त गरिएको छ।

आन्तरिक कलहमा मुछिएको जसपा नेपालले महिन्द्राराय यादव, रेणु यादव र रामसहाय प्रसाद यादवलाई हटाएर उनीहरूलाई मन्त्रीमा सिफारिस गरेकाे थियाे। जसपाबाटै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालेका राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।

नवनियुक्त मन्त्रीहरूको सोमबार अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथग्रहण हुँदै छ । प्रधानमन्त्री देउवाले एक वर्षमा छैटौँपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।